पानी बेच्नेले श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भन्दै १/१ हजार उठाएपछि प्रहरीको फन्दामा

बैशाख २०, २०७६

काठमाडौं- श्रम स्वीकृतिको काम छिटो गरिदिन्छु भनी सेवाग्राहीबाट नगद २ हजार रुपैयाँ लिने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने पाल्पा खानीगाउँ घर भएका ४० वर्षीय पिताम्बर गैरे बिहीवार दिउँसो ताहाचलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार कार्यालय बाहिर पानी विक्री वितरण गरी हिंड्ने गैरेले श्रम स्वीकृतिको लागि लाईनमा बसेका २ जना सेवाग्राहीलाई छिटो काम गरिदिन्छु भनि प्रलोभनमा पारी १/१ हजार रुपैयाँ नगद लिएका थिए । ठीक त्यसै बेला ड्युटीमा खटिएको प्रहरी र श्रम कार्यालयका कर्मचारीले रंगेहात फेला पारी पक्राउ गरिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

बैशाख २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस