आईएमएस ग्रुप २७ औं वर्षमा प्रवेश

बैशाख २२, २०७६

काठमाडौं- आईएमएस ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरूका नेपालस्थित एकमात्र आधिकारिक विक्रेता आईएमएस ग्रुप अन्तर्गत २०ं कम्पनीहरू रहेका छन् । आईएमएस ग्रुपले २०७६ वैशाख २० गते राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको थियो ।

उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका डिरेक्टर विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट एण्ड सीईओ दिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवार अन्य अथिति लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागिता थियो ।


ADVERTISEMENT

कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो भने विजयी कर्मचारीहरूलाई पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै केही कर्मचारीहरूलाई विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरेबापत पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरूले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २७ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए ।  मलहोत्राले आगामी दिनमा ग्राहक केन्द्रित सेवा दिने कुरामा विशेष जोड दिए ।

बैशाख २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार