×

NMB BANK
NIC ASIA

खनाललाई २१ लाख बिगो भराउन अख्तियारको माग

जेठ ७, २०७६

NTC
Premier Steels

    काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित समयनाथ माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनाल जैसीलाई रू २१ लाख ३९ हजार ६०५ पैसा चार विगो असुलउपरका लागि माग दावी गरेको छ । आयोगले आज माग दावीसहित आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरेको छ । 

Muktinath Bank

    खनालले विद्यालय व्यवस्थापनका विविध विषयमा अनियमितता गरेको भन्दै सो बिगो भराउन माग दावी गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल र विद्यालयका वर्तमान प्रधानाध्यापक गिरिराज गैरेसँगको मिलेमतोमा विद्यालयको सम्पूर्ण क्रियाकलाप तथा सञ्चालनमा लापरवाही गर्दै आएको र विभिन्न निकायबाट आएको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    तत्कालीन प्रधानाध्यापक खनालले महायज्ञमा सङ्कलित रकम हिनामिना गरेको, दरबन्दीका शिक्षकलाई अनियमित तवरले तलबभत्ता खुवाएको र विद्यालयमा दरबन्दीका शिक्षक बढी हुँदाहुँदै निजी स्रोतमा शिक्षक राखी विद्यालयलाई हानि पु¥याएको भन्ने उजुरी परेको थियो । त्यसमा छानबिन हुँदा अनियमितता पाइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । विद्यालयका शिक्षक दधिराम न्यौपाने र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष भुसालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि गर्दै आयोगले जनही रु छ लाख सात हजार ७० रुपैयाँ पैसा ८६ बिगो भराउन माग गरेको छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x