कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
जेठ १२, २०७६
ब्रेक्जिटले अर्को एक बेलायती प्रधानमन्त्रीलाई ध्वस्त पारेको छ ।
बहुमत बेलायतीहरूले युरोपेली संघबाट बेलायतको बहिर्गमन गराउनका लागि जनादेश दिएको भए पनि त्यसो गर्न नसक्दा प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिनुपरेको छ ।
‘मैले सकेसम्म राम्रो गरेकी हुँ,’ उनले शुक्रवार राजीनामा दिने क्रममा भावुक हुँदै बताइन् । तर उनी आफैंले ब्रेक्जिटमा पर्याप्त काम गर्न नसकेको स्वीकारिन् ।
मेको कन्जर्भेटिभ पार्टीका नेताहरूको अन्त्य यसैगरी हुने गरेको देखिन्छ । यो दल बेलायतको युरोपेली संघसँगको सम्बन्धका विषयमा वर्षौंदेखि विभाजित थियो । मेअघिका प्रधानमन्त्री डेमिड क्यामरनले ५२ प्रतिशत बेलायतीले युरोपेली संघ छोड्न मत दिएको भोलिपल्ट राजीनामा दिएका थिए । क्यामरनले नै ब्रेक्जिटका लागि जनमतसंग्रहको आह्वान गरेका थिए ।
मेको नेतृत्वमा कन्जर्भेटिभ पार्टी सरकार बनाउने जिम्मेवार दलभन्दा पनि राजनीतिक विदूषक जस्तो देखियो । उक्त दलको सरकारले देश राम्ररी चलाउन सकेन । अनि ब्रेक्जिटलाई पनि राम्ररी सम्हाल्न नसक्दा यति पुरानो पार्टीको बेइज्जती भएको छ ।
मेले आफ्नो ब्रेक्जिट सम्झौतालाई स्वीकृत गरिएमा पदत्याग गर्ने भनेकी थिइन् र अरू कोहीलाई ब्रेक्जिटको दोस्रो चरणको नियन्त्रण दिने भनेकी थिइन् ।
मेको कार्यकाल असफलता, सार्वजनिक बेइज्जती र विनाशकारी राजनीतिक आकलनले भरिएको थियो । केही कुरा उनको नियन्त्रण बाहिर थिए । केही चाहिँ उनका सल्लाहकारहरूको गलत सल्लाहका कारण भएको हो । केही चाहिँ उनको कार्यकालमा आएको अभूतपूर्व राजनीतिक संकटका कारण आएको हो ।
तर उनले आफैं पनि निकै गल्ती गरिन् । उनका धेरै जसो निर्णयहरूले उनको नेतृत्व क्षमतामा नकारात्मक असर पारे । मेको कार्यकालमा बेलायती राजनीति तीन वर्षका लागि गतिरोधमा फस्यो अनि मेले आफ्नो आधिकारिकता आफैं क्षीण बनाइन् ।
उनले आफ्नो भविष्य नरहेको स्वीकार गरिसक्दा सांसदहरू, आफ्नै दलका सदस्यहरू र आफ्नै मन्त्रिपरिषद्को विश्वास गुमाइसकेकी थिइन् ।
डेभिड क्यामरोनको ठाउँमा प्रधानमन्त्री बनेपछि मेले आफूप्रति बफादार मानिसहरूलाई एक्ल्याउन थालिन् । पछि तिनै मानिसको समर्थन उनलाई आवश्यक भयो ।
डेभिड क्यामरोनसँगै ब्रेक्जिटको विपक्षमा भोट दिन आग्रह गर्ने मे प्रधानमन्त्री भएपछि पूर्णतया ब्रेक्जिट पक्षधर बनिन् । उनले ब्रेक्जिटको चर्को पैरवी गर्दा केही समर्थक त जोडिन् तर नरम ब्रेक्जिट चाहने वा ब्रेक्जिट हुनै हुँदैन भन्ने तप्का चाहिँ उनीसँग चिढियो । उनी ब्रेक्जिटको पक्षमा देखिए पनि भित्री मनबाट उनी ब्रेक्जिटीयर हैनन् भन्ने कुरा धेरैलाई थाहा थियो ।
तर मे भ्रमको संसारमा बाँचिरहिन् र उनका सल्लाहकारहरूले पनि उनलाई एकपछि अर्को त्रुटिपूर्ण सल्लाह दिए । सन् २०१७ को जुन महिनामा मेले ब्रेक्जिटमा खासै प्रगति नभए पनि आकस्मिक आमनिर्वाचन गराइन् । कन्जर्भेटिभ पार्टीको बहुमत झनै बढाउने आशाका साथ उनले यसो गरेकी थिइन् । त्यो दाउ सफल भएमा आफू सहज अवस्थामा हुने र आफूले चाहेमुताबिकको ब्रेक्जिट रणनीति अघि बढाउने उनको आशा थियो ।
तर उनको योजना प्रत्युत्पादक ठहरियो । लेबर पार्टीलाई चुनावमा फाइदा भयो । हुन त कन्जर्भेटिभ पार्टी संसद्को सबभन्दा ठूलो दल बन्यो तर मेले बहुमत गुमाइन् ।
नयाँ कार्यकाल शुरू भएको केही समयपछि नै लन्डनस्थित ग्रेनफेल टावरमा आगो लाग्दा ७२ जनाको मृत्यु भयो र एउटा समुदाय नै छिन्नभिन्न भयो ।
आगलागीको घटनामा मेको कदमको चौतर्फी आलोचना भयो । उनी घटनास्थलमा त पुगिन् तर कुनै पनि पीडितलाई भेटिनन् । त्यसले गर्दा उनी सहानुभूतिशील नभएको देखायो । विपक्षी दलका नेता जेरेमी कोर्बीनले पीडितहरूलाई अंगालो हालेको देखियो । यसले लेबर पार्टी सामान्य जनताको पक्षमा रहेको तर मेलाई जनताको मतलबै नभएको देखायो ।
ग्रेनफेल त्रासदीको एक हप्तापछि बेलायतमा एक मुसलमानविरोधी उग्रवादीले लन्डनस्थित फिन्सबरी पार्क मस्जिदमा मुसलमानहरूको भीडमा गाडी लगेर जोते । मेले घटनास्थलको अवलोकन गर्न जाँदा भेला भएका मानिसले उनीविरुद्ध नारा लगाए । देशको राजनीतिक माहोल कमजोर भएको देखियो ।
यतिखेरै ब्रेक्जिट योजना बिग्रिँदै गयो । ब्रसेल्समा युरोपेली संघका अधिकारीहरूसँग बैठकका शृंखला चलेपछि संघका अधिकारी र नेताहरूले सार्वजनिक रूपमै बेलायतका ब्रेक्जिट वार्ताकारहरूको आलोचना गरे ।
कडा ब्रेक्जिटीयरको झूटो छवि बनाएकी मेले युरोपेली संघसँग ब्रेक्जिटसम्बन्धी वार्ता गर्दा नरम दृष्टिकोण अपनाइन् । तर यो उनको अर्को राजनीतिक त्रुटि थियो । ब्रसेल्समा वार्ता राम्रै भए पनि मेको ब्रेक्जिट योजना लन्डनमा चाहिँ रहस्यमयी थियो । बेलायत सरकार र युरोपेली संघका अधिकारीहरूले अस्पष्ट तर महत्त्वपूर्ण विवरणमा सहमति जनाएपनि बेलायती जनता र राजनीतिकर्मीहरूले त्यसलाई स्वीकार गरेनन् ।
ब्रेक्जिटका विषयमा संसद् विभाजित हुँदा मेले ब्रेक्जिट सम्झौता अघि सारिन् जसलाई संसद्ले पटक्कै मन पराएन । त्यसैले त्यसमाथि मतदान गराएपिच्छे त्यसले हार बेहोर्नुपर्यो ।
यसले गर्दा मेलाई लन्डनमा अनि युरोपमा दुवैतिर समस्या आयो । समय बित्दै जाँदा युरोपेली संघका नेताहरूले उनले भनेको सबै कुरा पत्याउन छोडे । अनि ब्रेक्जिट पक्षधरहरूले पनि उनलाई विश्वास गर्न छोडे ।
अनि उनी क्यामरोन मन्त्रिपरिषदमा गृहमन्त्री हुँदा गरेको एक निर्णयले पनि उनलाई सताइरह्यो । विन्डरश विवादको कुरा गरौं । उनी गृहमन्त्री छँदा बनाएको नीतिका कारण आप्रवासीहरूले घरभाडामा लिँदा वा जागिर खाँदा पनि कागजात देखाइरहनुपर्ने भएको थियो ।
यसले गर्दा दोस्रो विश्वयुद्धलगत्तै क्यारिबीयन मुलुकहरूबाट आएका आप्रवासीको एक पुस्तालाई पनि अप्ठ्यारोमा पार्यो । त्यतिखेर बेलायतमा कामदारको अभाव भएकाले ती आप्रवासीहरूबाट काम लिइएको थियो । उनीहरूमध्ये धेरैको कागजात थिएन र उनीहरू सुपूर्दगीको जोखिममा परे जबकि उनीहरू बेलायतमा दशकौंदेखि बसिरहेका थिए ।
यसमा जनताको कडा विरोध उठेपछि मे फेरि एकपटक सहानुभूतिशील देखिइनन् । अनि उनीप्रति बफादार एम्बर रडले पनि यसै घटनापछि गृहमन्त्रीको पदबाट राजीनामा दिनुपर्यो ।
तर उनले ब्रेक्जिटलाई राम्ररी सम्हाल्न नसक्दा अनि एकपछि अर्को खराब राजनीतिक निर्णय लिँदा उनलाई सरकार चलाउन नै धौधौ पर्यो ।
ब्रेक्जिटको टुंगो लगाउने बेला आएपछि उनले आफ्नै मन्त्रिपरिषद्को समर्थन गुमाउन पुगिन् । प्रधानमन्त्रीको लन्डनबाहिरको निवास चेकर्समा बसेको एक बैठकपछि उनले ब्रेक्जिटसम्बन्धी नयाँ नीति अघि सारिन् । त्यसलाई मन नपराएर परराष्ट्रमन्त्री बोरिस जोनसोन र ब्रेक्जिट मन्त्री डेभिड डेभिसले राजीनामा दिए ।
मे समस्यामा परिन् । उनले खाली पदमा भरपर्दो मानिस ल्याउनुपर्ने भयो अनि मन्त्रिपरिषदमा ब्रेक्जिटविरोधी र पक्षधर दुवैको सन्तुलन मिलाउनुपर्यो । कन्जर्भेटिभ पार्टीका महत्त्वपूर्ण नेता डोमिनिक राब ब्रेक्जिट मन्त्री बनाइए ।
त्यसपछि स्थिति अलि शान्त भयो र मेले नोभेम्बर १४ मा युरोपेली संघसँगको सहमति बनेको खबर आयो । बहिर्गमन सहमतिले बेलायत र युरोपेली संघ दुवैलाई मान्य हुने बीचको बाटो अपनायो ।
तर यसको २४ घन्टापछि नै डोमिनिक राबले राजीनामा दिए । अरू पनि निस्किए । मेको आधिकारिकता धराशायी भयो । उनको सम्झौतालाई तल्लो सदनका सबैले घृणा गरे । सम्झौतालाई संसद्को भारी बहुमतले अस्वीकार गरिदियो ।
मार्च महिनाको अन्त्यमा मेले अन्तिम चाल चलिन् । उनले कन्जर्भेटिभ सांसदहरूलाई आफ्नो सम्झौतामा समर्थन गरेमा आफूले पदत्याग गर्ने बताइन् । उनले आफ्नो करीयर नै दाउमा राखिन् ।
तर यसले काम गरेन । मेले राखेको प्रस्तावले पनि उनलाई अन्तिमपटक बेइज्जत हुनबाट रोक्न सकेन । उनकै पार्टीले उनलाई पदत्याग गराउन बाध्य बनायो ।
बेलायती राजनीतिको इतिहासमा मेको जस्तो असफल कार्यकाल कसैको पनि थिएन ।
सीएनएनमा प्रकाशित लुक मक्गीको विश्लेषण
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...