इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई ह्याम्स हस्पिटलमा १० प्रतिशत छूट

जेठ १७, २०७६

काठमाडौं -नेपाल इन्भेष्टमेण्ट बैंक लि. र Hospital for Advanced Medicine and Surgery (HAMS) बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छूट दिनेसम्बन्धी सम्झौता भएको छ।

सो सम्झौतानुसार HAMS ले नेपाल इन्भेष्टमेण्ट बैंक लि.का Visa/Mastercard ग्राहक, कर्मचारी तथा तीनका आफन्तलाई HAMS मा उपचार गराउँदा १० प्रतिशतसम्म छूट पाउने व्यवस्था गरिएको छ। 


ADVERTISEMENT

सो सम्झौतापत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र HAMS का तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले हस्ताक्षर गरेका हुन्। 

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टिलाई उच्चतम स्थान दिइरहेको दाबी गरेको छ ।

Bank of the Year पाँच पटक प्राप्त गरिसकेको NIBL ले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट गत वर्ष Euromoney award for excellence “Best Bank 2018” अवार्ड प्राप्त गर्न सफल भएको थियो र इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा A + स्त्तर हासिल गरेको हो ।

जेठ १७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस