थरुहट संघर्ष समितिको संयोजकमा माधव थारु, आन्दोलन चर्काउने उद्घोष

जेठ ३२, २०७६

धनगढी। राज्यको प्रादेशिक संरचना र संविधानप्रति विमति जनाउँदै आएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले नयाँ नेतृत्व चयन गरेको छ ।

कैलालीको भजनीमा शनिबार भएको जिल्ला भेलाबाट थारु कल्याणकारिणी सभा कैलालीका उपसभापति एंव यूवा नेता माधव थारुको संयोजकत्वमा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
समितिका संयोजक थारुले पहिचान तथा अधिकार प्राप्तिको लागि पहिचान पक्षधर तथा उत्पीडित पक्षलाई एकजुट गराउँदै आन्दोलनलाई उचाईमा पु¥याएरै छोड्ने ठोकुवा गरे । 


ADVERTISEMENT

सो समितिले आउँदो भदौ ७, ८ र ९ गते टीकापुरमा हुने राष्ट्रिय भेलाको तयारी समेत गर्ने भएको छ । टीकापुर घटना घटेको भदौ ७ र ८ गतेको दिनलाई टीकापुरमै कालो दिनकै रुपमा मनाउने समेत संयोजक थारुले बताए ।
आयोजित सो जिल्ला भेलामा थरुहट नेता लक्ष्मण थारु, कृष्णकुमार चौधरी, होरीलाल चौधरी, प्रदेश सभा सदस्य मालामति रानालायतको पनि उपस्थिति रहेको थियो । भेलामा सहभागी थारु नेताले कुनै पनि हालतमा मौजुदा सुदूरपश्चिम प्रदेशसहितको प्रादेशिक संरचना स्वीकार नगर्ने बताए । 

जसको विरुद्ध आन्दोलन चर्काउन बताउँदै उनीहरुले टीकापुर घटनामा निर्दोष थारुहरुलाई सुनियोजित ढंगले राज्यले मुुद्धा लगाएर फसाएको पनि ठोकुवा गरे । टीकापुर घटना राजनीतिक घटना भएकोले राजनीतिक ढंगले नै सम्बोधन गरिनुपर्ने उनीहरुको भनाई थियो ।

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस