×

NMB BANK
NIC ASIA

प्रेमीले बिहे गर्न नमानेपछि प्रेमिकाले उसमाथि खन्याइन् एसिड

असार २, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको नयाँ दिल्लीस्थित विकासपुरीमा एक युवकले आफूसँग विवाह गर्न नमानेपछि युवतीले उसमाथि एसिड प्रहार गरेकी छन् । 

Muktinath Bank

अघिल्लो साताको मंगलवार दिउँसो युवक मोटरसाइकल चलाइरहेका थिए र बाइकमा पछाडि तिनै युवती थिइन् । युवकले बिहे गर्न अस्वीकार गरेपछि रिसाएकी युवतीले एसिड आक्रमण गरेको स्वीकार गरेकी छन् । 
प्रहरीले १९ वर्षीया युवतीलाई आइतवार पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरोपित युवतीले प्रेमीमाथि एसिड आक्रमण गर्नुअघि आफ्नै दुई औंलामा त्यसको परीक्षण गरेकी थिइन् । एसिड धेरै खतरनाक त छैन नि भनी उनले परीक्षण गरेकी थिइन् । एसिडले प्रेमीको ज्यान नजाने विश्वास लागेपछि उनले आक्रमणको निर्णय लिइन् । 


Advertisment
Nabil box
Kumari

सोमवार राति युवतीले एसिडलाई कोल्ड ड्रिंकको २०० एमएल बोतलमा भरेर पर्समा लुकाएकी थिइन् । 

Vianet communication

मंगलवार युवकले युवतीलाई बीए पहिलो वर्षको परीक्षा दिलाउन नरेला लगेका थिए ।  युवतीले एसिड लुकाएको पर्स बाहिर राखेर परीक्षा दिइन् । पछि उनीहरू परीक्षा हलबाट फर्किंदा युवतीले प्रेमीलाई हेल्मेट स्ट्रिपले समस्या आएकोले हेल्मेट उतार्न भने । युवकले हेल्मेट उतारे अनि त्यसको केही क्षणपछि नै उनीमाथि एसिड आक्रमण भयो । 

दुवैले यस विषयमा प्रहरीसमक्ष उजुरी दिएनन् । तर भोलिपल्ट युवकले एक आँखा ७० प्रतिशतसम्म क्षतिग्रस्त हुन सक्ने थाहा पाए । त्यसपछि चाहिँ उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे । 

उनले प्रेमिकामाथि शंका गरे । प्रहरीले युवकमाथि आक्रमण भएको स्थानको सीसीटीभी क्यामरा हेर्दा आक्रमणको संकेत पाएन ।

युवतीले पनि आफ्नो स्वास्थ्य जाँच गरिनन् जबकि उनका दुई औंलामा एसिड खसेको थियो । अनुसन्धान अधिकारीहरूले उनलाई औंला कसरी डढ्यो भनी सोध्दा युवती आत्तिइन् र स्वास्थ्य जाँच गराउन मानिन् । प्रहरीले उनीमाथि शंका गरेर गहन अनुसन्धान गरेपछि युवतीले सत्य कुरा ओकलिन् । 

प्रहरीले सोधपुछ गर्दा युवतीले प्रेमीको अनुहार बिगारेर अरू कुनै केटीले उसलाई मन नपराऊन् भन्ने उद्देश्य लिएको बताइन् । त्यसपछि युवकले उनैलाई विवाह गर्लान् भन्ने युवतीको आशा थियो । अहिले उनी आफ्नो कामको पश्चात्ताप गरिरहेकी छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x