×

NMB BANK
NIC ASIA

रूपन्देहीमा ६५ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च

असार ५, २०७६

NTC
फाइल फोटो
Premier Steels

बुटवल- चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रूपन्देहीमा ६५ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ ।

Muktinath Bank

आर्थिक वर्ष २०७५/७६ सकिन वर्षको अन्तिम १ महिना मात्रै बाँकी रहँदा पूँजीगत बजेटको ६५.५२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीको सूचना अधिकारी युवराज पौडेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७५–७६ को एकीकृत विनियोजन हेर्ने हो भने रुपन्देहीमा ५ अर्ब ८९ करोड ५० लाख पूँजीगत बजेट रहेको छ । सूचना अधिकारी पौडेलका अनुसार जेठ मसान्तसम्म ३ अर्ब ८६ करोड २४ लाख १६ हजार ६ सय ४५ रुपैयाँ बराबरको रकम पूँजीगत बजेट खर्च भएको देखिन्छ । कार्यालयको विवरणअनुसार अब एक महिनामा २ अर्ब ३ करोड २५ लाख ८३ हजार ३ सय ५५ रुपैयाँ अर्थात ३४.४८ प्रतिशत पूँजीगत बजेट खर्च गर्नुपर्ने छ ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्षको अन्तिम महिनामा ११ महिनामा खर्च भएको बजेटको करीब ४८ प्रतिशत बजेट १ महिनामा खर्च हुनु अस्वभाविक हो । यसरी आर्थिक वर्षको अन्त्यमा आएर विकासे बजेट खर्च हुनु पहिलेदेखि चल्दै आएको परिपाटी यस वर्ष पनि दोहोरिने देखिएको छ ।

Vianet communication

आर्थिक वर्ष २०७५–७६ मा पूँजीगत खर्च गर्न नसकेका आयोजना तथा कार्यालयमा डिभिजन सडक कार्यालय, व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया बुटवल सडक), लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजना, भैरहवा लुम्बिनी तौलिहवा सडक योजना, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, प्रदेश प्रमुख कार्यालय, भैरहवा भन्सार कार्यालय, भैरहवा लुम्बिनी भूमिगत जल सिँचाइ व्यवस्थापन डिभिजनलगायत रहेका छन् ।

डिभिजन सडक कार्यालयले ६३ करोड ८५ लाख ३० हजार ६१ रुपैयाँ व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया बुटवल सडक) ले २६ करोड ५८ लाख ८१ हजार ५ सय ७७ रुपैयाँ, लुम्बिनी परिक्रमा बर्दघाट पालडाडा त्रिवेणी सडक योजनाके १२ करोड ५५ लाख २६ हजार ५ सय ४४ रुपैयाँ, भैरहवा लुम्बिनी तौलिहवा सडक योजनाले ११ करोड ९० लाख ६२ हजार ८ सय ५२ रुपैयाँ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले १३ करोड ८८ लाख ३ हजार १ सय ६ रुपैयाँ, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले १४ करोड ५७ लाख ९२ हजार ३ सय ६१ रुपैयाँ, प्रदेश प्रमुख कार्यालयले ७३ लाख ८७ हजार ६ सय ३७ रुपैयाँ, भैरहवा भन्सार कार्यालयले ४ करोड ९९ लाख २६ हजार ८ सय ५७ रुपैयाँ, भैरहवा लुम्बिनी भूमिगत जल सिचाई व्यवस्थापन डिभिजन कार्यालयले ६ करोड ४१ लाख ८४ हजार ७ सय ११ रुपैयाँ पूँजीगत बजेट खर्च गर्न बाँकी रहेको छ । धेरै कार्यालय र आयोजनाको पूँजीगत बजेट प्राय: आर्थिक वर्षको अन्तिममा भुक्तानी हुने हुनाले यस्तो अवस्था देखिएको कार्यालयले जनाएको छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x