×

NMB BANK
NIC ASIA

धनगढी- कैलालीका विभिन्न स्थानमा छ्यापछापती नक्कली नोट भेटिन थालेका छन् । रातिका समयमा अपरिचित व्यक्तिहरु विभिन्न पसलमा गई झुक्याएर १ हजारको नक्कली नोटको सामान खरिद गर्ने गरेको पाइएको छ ।

Muktinath Bank

ईलाका प्रहरी कार्यालय हसुलियाका सई रामचन्द्र पन्तले ग्रामीण भेगहरुमा १ हजारको नक्कली नोटहरु फेला पर्न थालेको जानकारी दिए । उनका अनुसार मंगलबार राति जिल्लाको कैलारी गाउँपालिका–२ कैलारी मण्डीस्थित दयाशंकर चौधरीको होटलबाट नोट फेला परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रातिको समयमा एक जना अपरिचित व्यक्तिले सो होटलमा नक्कली १ हजार रुपैयाँ दिँदै १ बोतल बियर र १ बोतल रेडबुल मागेको र बाँकी पाउँनुपर्ने देखिने पैसा पनि लिएर गएको होटल सञ्चालकलाई उदृत गर्दै सई पन्तले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नक्कली नोट फेला परेपछि गाउँपालिकास्थित विभिन्न स्थानमा प्रहरीले नक्कली नोट देखाउँदै सार्वसाधारणलाई सचेत गराउन थालेको छ । सई पन्तले पैसाको कारोबार गर्दा राम्ररी पहिचान गरेर मात्रै कारोबार तथा लेनदेन गर्न अनुरोध गर्दै नक्कली नोटवारे ठाउँ–ठाउँमा सचेतीकरण गराइरहेको बताए ।

Vianet communication

साथै नक्कली नोटको कारोबारीहरुलाई नियन्त्रणमा लिन समयमा प्रहरीलाई खबर गर्न अनुरोध समेत गरे । यसैबीच धनगढीमा पनि नक्कली नोटहरु भेटिएका छन् । बुधबार सक्कली जस्तै देखिने एक हजारको नक्कली नोट धनगढीको पिपल चौतारास्थित तरकारी पसलमा फेला परेको हो ।

प्रहरीका अनुसार नक्कली नोट सक्कली भन्दा सानो छ । भने चौडाई पनि कम छ । सुरक्षाका लागि नोटमा राखिने धागो नक्कली छ । सामान्यतः नोटमा कागजको गुणस्तर, धागो, पानी छाप हेरेर सक्कली हो वा नक्कली भनेर छुट्ट्याउन सकिने हुन्छ ।

तर कारोबारीहरुले रातिको समयमा झुक्याउने हुुँदा राम्ररी पहिचान गरेर मात्रै लेनदेन गर्न प्रहरीको अनुरोध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x