×

NMB BANK
NIC ASIA

१० लाख जनता उतारेर निजगढ विमानस्थल शिलन्यास गर्छौं - पर्यटनमन्त्री भट्टराई

साउन २३, २०७६

NTC
Premier Steels

बुटवल - संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सरकारले गति बढाउने बताएका छन् ।

Muktinath Bank

‘सरकारको गति कम छ तर, सही दिशामा छ’ बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने, ‘गति बढाएर गलत दिशामा जानु भन्दा कम गतिले सही दिशामा हिंड्नु उपयुक्त हुन्छ । सरकार सही दिशामा छ । अब यसको स्पिड बढ्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार जनता र राष्ट्रको आवश्यकतालाई प्राथामिकतामा अगाडि बढेको उनले स्पष्ट पारे । मन्त्री भएपछि पहिलो पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी लुम्बिनीसँग सम्बन्धित विभिन्न क्षेत्रको निरीक्षणका लागि भट्टराई रूपन्देही आएका हुन ।


Advertisment
Nabil box
Kumari

सरकारले आउने वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्ने दावी गरे ।  हाम्रो ध्यान यातायात र पूर्वाधारमा केन्द्रित छ । अबको तीन वर्षभित्र नेकपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेका सबै कार्ययोजना सरकारले पूरा गरेर छाड्छ ।

Vianet communication

आउदो डिसेम्बर ३० सम्म गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउँछ

मन्त्री भट्टराईले सन् २०१९ को डिसेम्बर ३० भित्र राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताए । विभिन्न अवरोध र झण्झट बेहोरेको विमानस्थलले यो सरकार आएपछि पुनःजीवन पाएको छ । कामको गति पनि बढेको छ । सबैले डिसेम्बर ३० भित्र सम्पन्न गराउन सपना देखौं ।’

‘३० डिसेम्बरमा विमान अवतरण गराउनुपर्छ । त्यसको लागि रूट भैरहवा रूट भारतले दिन तयार भएको छ । तर, हामीले नेपालगञ्ज मागेका छौं । त्यसको बारेमा छलफल र निचोडमा पुग्न बाँकी छ’ भट्टराई भने ।

लुम्बिनीको‘मास्टर प्लान’

मन्त्री भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले ‘मास्टर प्लान’ बनाउन लागेको बताए । लुम्बिनी आउने पर्यटकहरु, रामग्राम, देवदह, तिलौराकोट जाने गरी हामीले गुरुयोजना बनाउदै छौ । हाम्रो सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य छ । ५० लाख नेपाली कामको लागि विदेशमा छ । ति  एक जना नेपालीले १ जना विदेशीलाई नेपाल भ्रमणमा पठाउन सक्नुपर्छ । फेसबुकमा गाली गरेर देश बन्दैन ।’

१० लाख जनता उतारेर निजगढ बिमानस्थल शिलन्यास गर्छौं

मन्त्री भट्टराईले आउँदो डिसेम्बरसम्म बाराको निजगढ विमानस्थल शिलन्यास गर्ने दावी गरेका छन । विकास भनेको उत्सव हो । ‘हामी निजगढको जंगलशमा १० हजार २० हजार होइन १० लाख नेपाली जनता उतारेर विमानस्थल शिलन्यास गर्दै छौ’ भट्टराईले भने । बुटवलबाट पनि गाडीका गाडी त्यहाँ जनता र पत्रकारहरू पुग्नुपर्छ । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए ।

भट्टराईले पार्टी एकताको बाँकी काम छिट्टै टुंगिने बताएका छन् । '९० प्रतिशत काम सकिएको छ । अबको एक डेढ महिनाभित्र बाँकी काम पनि टुङगो लगाउछौ,' उनले भने, 'पार्टी नयाँ शिराबाट अगाडि बढ्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x