नेकपा सचिवालय बैठक अपराह्न ४ बजेका लागि सर्‍यो, पौडेल र बादलसहित ओली-प्रचण्ड छलफलमा

फाइल फोटो
साउन ३०, २०७६

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।

नेताहरू आन्तरिक तयारीमै व्यस्त रहेकाले ३ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजेका लागि सारिएको नेकपा स्रोतले जानकारी दियो ।


ADVERTISEMENT

स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड', महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा लगायत नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् ।

पार्टीका केन्द्रीय विभागको नेतृत्वमा सहमति जुट्न सकिरहेको छैन । विशेषगरी स्कूल विभागको नेतृत्वमा एकभन्दा बढी नेताको दाबी रहेकाले सहमति जुट्न नसकेको हो ।

बैठकअघि नै विवाद टुंग्याउने तयारीस्वरूप नेताहरू छलफलमा जुटेका हुन् ।

अध्यक्षद्वयको विदेश भ्रमणका कारण लामो समयदेखि नेकपा सचिवालय बैठक बस्न सकिरहेको छैन । 

साउन ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस