×

NMB BANK
NIC ASIA

खाद्य संस्थानको डिपो नहुँदा चामल बिकेन

भदौ ७, २०७६

NTC
Premier Steels

जाजरकोट- पायकपर्ने ठाउँमा नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयलाई समस्या भएको हो ।

संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल भन्दा सस्तो भए पनि गाउँको पहुँचमा नहुँदा खरीद गर्न समस्या भएको हो । जिल्लाका अधिकांश डिपो रहेका ठाउँ पुग्न स्थानीयवासीलाई एक दिन भन्दा बढी लाग्ने गर्छ । संस्थानको घाट, घोगी र चौखास्थित डिपो जनताको पहुँचमा छैनन् । खाद्यान्नको अनुदानको चामल बिक्री नभएर गोदममै थन्किएर बजारबाट महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयवासीको माग छ ।

बारेकोटका धुम, ताँसी, कुम्द, जिरी, मुल्सामलगायत गाउँका बासिन्दाघाट डिपो पुगेर चामल ल्याउन दिनभर हिँड्नुपर्ने बाध्यता छ । त्यस्तै पैराम, गर्खाकोट, बुँदीडाँडा, स्याङ्ीलगायत गाउँका बासिन्दालाई घोगी डिपोमा पुगेर चामल ल्याउन कम्तीमा सात घण्टा लाग्छ । ध्यारगाउँ, बानियागाउँ, सिउन, वायाकाडालगायत गाउँबाट चौकास्थित डिपोमा पुगेर अनुदानको चामल ल्याउन एक दिन लाग्ने गरेको स्थानीयवासीको गुनासो छ । घाट डिपोमा पुगेर अनुदानको चामल लिन दिनभर हिँड्नुपर्ने बाध्यताले बजारको महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य भएको बारेकोट गाउँपालिका–४ रावतजिरीका रवि रावतले बताए । उनका अनुसार स्थानीय बजारमा मोटो चामल प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

खाद्य संस्थानले अरुवा मध्यम चामल प्रतिकिलो ४५ रुपैयाँमा बिक्री गर्दै आएको छ । चामल बिक्री नभएपछि खाद्य संस्थानको घोगी डिपोमा पाँच सय, घाट डिपोमा ३०० र चौखा डिपोमा एक हजार ७०० क्वीन्टल गत आर्थिक वर्षकै चामल मौज्दात छ । त्यस्तै खलङ्गास्थित गोदाममा एक हजार ७०० क्वीन्टल चामल मौज्दात रहेको संस्थानले जनाएको छ । संस्थानका अनुसार डिपो र शाखा कार्यालयमा अरुवा मध्यम चामल मौज्जात रहेको हो ।

जाजरकोटमा संस्थानका छ डिपो छन् । संस्थानले दशेरा र घोगी डिपोका लागि नेपालगञ्जबाट बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्छ भने घाट, चौखा , जुनिचाँदे, कालीमटी, लागि खलङ्गाबाट ढुवानी हुने गरेको छ । खलङ्गा गोदाम र गाउँका डिपोमा चामल किन्न स्थानीयवासी फाट्टफुट्ट आउने गरेका निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले बताए । गत आर्थिक वर्षमा १० हजार क्वीन्टल अरुवा मध्यम चामल आपूर्ति भएको उनको भनाइ छ । जसमध्ये करीब ५०० हजार क्वीन्टल बिक्री हुन बाँकी रहेको उहाँले बताए । पौडेलले भने, 'दशेरा डिपोमा चामल मौज्दात छैन, दुर्गम क्षेत्रमा वर्सेनी असार र साउन महीनामा खाद्यान्नको माग बढी हुने गरेको छ, तर असार महीनामा ढुवानी नभएका कारण बिक्री कम भएको हो ।'

घर नजिकै बजारमा विभिन्न प्रकारका चामल पाइने तर खाद्यान्नको भने ढाटा र बोकेर ल्याउनुपर्ने बाध्यताले समस्या भएको बताइन्छ । चालु आर्थिक वर्षका लागि नयाँ बोलपत्र आह्वान हुने समयसमेत भइसकेको कार्यालयले जनाएको छ । अहिले वर्षायाममा बाटो भत्किएको र एक्लै टाढा जान नसक्दा पनि तोकिएको वस्तु खरीद गर्न समस्या भएको स्थानीयवासीको भनाइ छ । -हेमन्त केसी/रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x