×

NMB BANK
NIC ASIA

मिटर रिडिङ गर्न नआएपछि सास्ती

भदौ ९, २०७६

NTC
Premier Steels

कञ्चनपुर- हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत् कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

Muktinath Bank

कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका कर्मचारीहरु मिटर रिडिङका लागि नआउँदा भीमदत्तनगरपालिका–१८ का स्थानीयबासीहरुलाई विद्युत् महसुल बुझाउन सकस भइरहेको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिडिङ फाँटमा कर्मचारी अभावका कारण घर–घरमा पुगेर मिटर रिडिङ गर्न समस्या भइरहेको बताइए पनि भएका कर्मचारी पनि चार/छ महीनामा एक पटक मात्रै रिडिङका लागि आउने गरेको भीमदत्तनगरपालिका–३ भगतपुरका नवराज भण्डारीले बताए ।


Advertisment
Nabil box
Kumari

“घरमा मिटर रिडिङ नभएको छ महीना बितिसक्यो, समयमा रिडिङ नहुँदा समस्या हुँदैछ, मिटर रिडिङका लागि कर्मचारी यहाँ आउँदैनन् ”, भण्डारीले भने, “विद्युत् कार्यालयमा गएर आफैँले रिडिङ गराएर महसुल बुझाउनु पर्ने अवस्था छ, चार/पाँच महीनामा रिडिङ गर्न आए पनि अन्दाजमा तीन महीनाको अङ्क हालेर जान्छन् ।” 

Vianet communication

अन्दाजमा रिडिङ गर्दा कम तिर्नुपर्ने ठाउँमा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको उहाँनको भनाइ छ । पचास घरधुरी रहेको भगतपुरस्थित भण्डारी टोलमा चार महीनायता मिटर रिडिङ नभएको स्थानीयको भनाइ छ ।

विद्युत् कर्मचारी समयमै मिटर रिडिङमा नआउँदा जिल्लाभरि समस्या छ । भगतपुरका अर्का स्थानीय भीमराज भण्डारीले तीन महीनायता घरमा मिटर रिडिङ नभएको बताए। उनले पनि विद्युत् कर्मचारीहरु मिटर रिडिङ गर्न नआउँदा आफैँ कार्यालय धाउनुपरेको जानकारी दिए ।

“एकैचोटि हजारौँ रकम महसुल बुझाउँदा व्ययभार थपिने गरेको छ”, उनले भने, “महसुल समयमा नबुझाउँदा २५ प्रतिशत जरिवाना तिनुपर्ने अर्को बाध्यता छँदैछ ।” 

विद्युत् महसुल बुझाउन पनि सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता लामो समयदेखि यथावत रहेको सेवाग्राहीको भनाइ छ । महसुल बुझाउनका लागि नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ‘कुपन सिस्टम’ गरेपनि सेवाग्राहीसमेत नभएको सेवाग्राहीको गुनासो छ ।

वेदकोट नगरपालिका–९ का भालु रानाले विद्युत् महसुल बुझाउन दिनभर लाइन बस्नुपर्ने बाध्यता यथावत रहेको बताए। “महसुल बुझाउन यहाँ दुई वटा मात्रै काउन्टर राखिएका छन”, रानाले भने, “काउन्टर कम सेवाग्राही अत्यधिक भए ।”

महेन्द्रनगर बजार, दोधारा चादँनी, झलारी कलुवापुर, कृष्णपुरसम्म महेन्द्रनगर वितरण केन्द्रका ५५ हजार सेवाग्राही छन् । प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख जङ्गबहादुर चन्दले हरेक महीना मिटर रिडिङ गर्नुपर्ने प्रावधान रहे पनि केही दिन ढिलाइ हुने गरेको बताए।

“रिडिङको सहजताका लागि रुट मिलान कार्य भइरहेको छ”, चन्दले भने, “घरहरु टाढा टाढा हुँदा पनि समस्या हुन्छ ।” 

उनले ग्राहक बढी र मिटर रिडिङ गर्ने कर्मचारीको सङ्ख्या कम भएकाले ढिलाइ हुने गरेको बताए। महेन्द्रनगर वितरण केन्द्रमा मिटर रिडिङमा ३२ कर्मचारी छन् । यस वितरण केन्द्रअन्तर्गत २० क्षेत्र तोकिएका छन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x