मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भदौ २२, २०७६
सुर्खेत - गत साता सुर्खेतमा नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखका लागि भनि पठाएको २९१ ओटा गाई मध्ये ३७ गाईको हत्या गरिएको प्रसंगले प्रदेश सभामा प्रवेश पाएको छ ।
उपमहानगरले दैलेखका लागि भन्दै पठाइएको गाई सुर्खेतमा भीरबाट खसालेर हत्या गरिएपछि प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारसँग छानविन समिति गठन गर्न माग गरेका हुन ।
नेकपा सचेतक सीता नेपालीले सुर्खेतलाई बाँके र दैलेखले डम्पिङ साइड बनाएको बताइन् । ‘दैलेखको जिल्ला समन्वय समितिले गाई मगाएको तर उपमहानगरपालिकाले कटकुवालगायतका स्थानमा दायाँतर्फ गाईलाई खसालेर हत्या गरिएको छ,’ उनले भनिन, ‘के गर्न खोजिएको हो ? डम्पिङ साइड त बनाउन भएन नी ?’ उनले बाढीपीडितहरूलाई तत्काल पालबाट बाहिर ल्याउन प्रदेश सरकारलाई आग्रह गरिन् ।
प्रदेश सभा सदस्य पदमा खड्काले गाई हत्या गरिएको स्थान उत्तरी जलाधार क्षेत्र भएको र त्यहाँको पानीको मुहान हत्या गरिएका गाईका कारण दुर्गन्धित भई महामारी आउने सम्भावना भएको बताइन् ।
उनले सुर्खेती जनताको स्वास्थ्यसँग खेलवाड गर्ने अधिकार कसैको नभएको बताइन् । उनले दैलेख जिल्ला समन्वय समितिले लेखेको पत्रमा षडयन्त्र भएको बताउँदै त्यसको छानविन हुनुपर्ने बताइन् । उनले सरकारले एक विज्ञप्तीसम्म किन निकाल्न किन सकेन भन्दै प्रश्न गरिन् ।
सांसद विन्दमान विष्टले नेपालगञ्ज देखी कटकुवासम्म गाई ल्याउँदा प्रहरीले के हेरेको थियो भन्दै प्रश्न गरे । ‘गाडीको रुट परमिट नै नभएका गाडीलाई कसले कसरी अनुमति दियो ? बुढा गाईगोरु कुन स्वार्थका लागि मगाइएको हो ? तत्काल छानविन समिति गठन गरि दोषीलाई कारवाही गर्न आवश्यक छ,’ उनले भने ।
सांसद गोपाल शर्माले गाई हत्या गरेर मात्रै यस्तो घटना सार्वजनिक भएको बताउँदै यस्ता तस्करी धेरै हुने गरेको उनको आरोप छ । उनले यसबारेमा गम्भीरतापूर्वक छलफल गर्नुपर्नेमा जोड दिए । साथै रुकुम पश्चिममा तत्कालीन जनसत्ताले घर जग्गा रजिष्ट्रेसन गरी कर लिएको र खरिद विक्री गरेको स्मरण गराए ।
‘तर अहिले उनीहरूले लालपूर्जा पाउन सकिरहेका छैनन् । ५ सय व्यक्ति यस प्रकरणका काण तनावमा छन्,' उनले भने, ‘अहिले उनीहरूलाई कि बढेको मूल्य देउ की जग्गा खाली गर भन्ने धम्की आइरहेको छ । यो समस्या समाधान गर्न सरकारले तत्काल पहल गरोस् ।’
सांसद र मन्त्री भ्रष्ट बहादुर !
प्रदेश सभा सदस्य कुमृराज शाहीले गाउँमा सरकार र संसदहरूलाई भ्रष्ट बहादुर र लुटबहादुरको संज्ञा दिन थालिएको बताए । कर्णाली राजमार्गमा खाल्डै खाल्डा हुँदा, राजधानीकै सडकको अवस्था दयनीय हुँदा जनताले यस्तो आरोप लगाउने गरेको उनको भनाइ थियो । सरकार र माननीयले योजनाको नाउँमा पैसा पचाउने गरेको आरोप लागिरहेको बताउँदै सांसद शाहीले यसबारेमा सरकार सजग रहनुपर्नेमा जोड दिए ।
पैसा उठाउन सांसद र मन्त्री आए
नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीका दश जिल्लामा सांसद र मन्त्री जाँदा पैसा उठाउन आएको भन्ने हल्ला चलिरहेको बताए ।
‘विभिन्न उपभोक्ता समिति गठन गर्ने, उनीहरूले काम गर्ने, भ्रष्टाचार उनीहरूले गर्ने तर हाम्रो नाम बेचेर कमाउ धन्दा गर्नेहरूले गलत प्रचार गरिरहेका पाइयो,' उनले भने, ‘प्रतिपक्ष मौन भएको आरोप समेत लगाइएको छ ।’
यस्तो प्रचारका बारेमा सरकारको ध्यान जानुपर्ने उनको जिकिर थियो । उनले रुकुम पश्चिम, कालिकोटलगायत अधिकांश जिल्लामा प्राविधिकसँग मिलेर उपभोक्ता समितिले लाखौं बजेट दुरुपयोग गरेको बताउँदै यसतर्फ सम्बन्धित मन्त्रालयले छानबिन गर्नुपर्ने बताए ।
‘असार १५ मा उपभोक्ता समितिसँग कामको सम्झौता गरिएको छ,' उनले प्रश्न गरे, ‘असार मसान्तमा अर्थात १० दिनमै सबै भुक्तानी किन र कसरी दिइएको हो ?’
उनले हुम्ला लगायतका हिमाली जिल्लामा पहिले कर्मचारीलाई दुःख दिन पठाउने गरिएको स्मरण गर्दै गौ हत्या प्रकरणमा पनि त्यस्तै भएको बताए । ‘जिसस दैलेख, नेपालगञ्ज उपमहानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले गाई लिने, लैजाने विषय एकै दिन कसरी सम्भव भयो ?’ उनले प्रश्न गरे, ‘कि पुरै डिजीटलाइज्ड भइसकेका हौं हामी ?’
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...