लिङलिङ आँधीका कारण साढे चार लाख चिनियाँ प्रभावित

भदौ २३, २०७६

बेइजिङ- चीनमा सोमबार आएको आँधीबाट चार लाख ५५ हजार भन्दा बढी प्रभावित भएका छन् ।
  
लिङलिङ नाम दिइएको सो आँधी स्थानीय समय अनुसार सोमबार विहान १० बजेतिर आएको आपत व्यवस्थापन मन्त्रालयले जनाएको छ । 

झण्डै १३ बर्षपछि चिलिन, हेइलोङच्याङ र झेच्याङ प्रान्तका जनता आँधीका कारण विस्थापित हुन बाध्य भएका थिए ।


ADVERTISEMENT

ती प्रान्तका झण्डै २८ हजार स्थानीय बासिन्दा विस्थापित भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।  

आँधीका कारण ४४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ४६० भन्दा बढी घर पनि असर परेको छ । 

त्यसैगरी दुई लाख १५ हजार ८ सय हेक्टर जमिनमा रहेको कृषि उपजको नोक्सानी भएको छ । 

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस