×

NMB BANK
NIC ASIA

अवतरण गर्न लागेको विमान बेस्सरी हल्लिएपछि यात्रुहरूलाई चोटपटक

भदौ २४, २०७६

NTC
Premier Steels

काठमाडौं – जर्मनीको राजधानी बर्लिनमा रहेको टेगेल विमानस्थलमा सोमवार अवतरण हुन लागेको एक विमान बेस्सरी हल्लिएपछि १३ जना घाइते भएका छन् भने एक महिला जीवनमरणको स्थितिमा पुगेकी छन् । 

Muktinath Bank

युरोविंग्स एयरबस ए३१९ टेगेल विमानस्थलमाथि हुँदा बेस्सरी हल्लिएको थियो । घाइते भएका १३ मध्ये आठजनालाई थप उपचारका लागि अस्पताल लगिएको थियो । चोट लाग्नेहरूलाई टाउकोमा घाउ, औंलामा फ्र्याक्चर र अन्य भागमा गहिरो घाउ लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटलीको लामेजिया टर्मेबाट आइरहेको विमान अवतरण हुनै लाग्दा विमानका क्याप्टेनले ९ हजार मिटरको एल्टीट्युडमा टर्बुलेन्स देखे । 


Advertisment
Nabil box
Kumari

त्यसपछि उनले प्रिकसनका लागि सीट बेल्टको संकेत अन गरे । 

Vianet communication

अनि क्याप्टेनले जर्मन र अंग्रेजी दुवै भाषामा यात्रुहरूलाई आँधीको जस्तो परिस्थिति बनेको चेतावनी दिँदै सीटमा बस्न र बेल्ट बाँध्न भने । 

तर यात्रुहरूले उनलाई बेवास्ता गरे अनि सीटबेल्ट खुलै राखेको एभिएसन२४ डट्डेले लेख्यो । 

‘घोषणा हुँदै गर्दा साँच्चिकै टर्बुलेन्स थियो र त्यतिखेर केही यात्रुहरूले सीटबेल्ट बाँधेका थिएनन् अनि उनीहरू नै घाइते भए,’ युरोविंग्स प्रवक्ताले बताइन् । 

विमान अवतरण गरिएपछि आपतकालीन सेवाहरू विमानतर्फ दौडिए । 

निकै गम्भीर चोटपटक लागेकी महिला जीवनमरणको स्थितिमा रहेको बताइएको छ ।

अन्य यात्रुहरूलाई टर्मिनलतर्फ लगिएको थियो ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x