×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सिन्डिकेट तोड्न श्रममन्त्री असफलदेखि गुण्डागर्दीमा संलग्नमाथि गोली प्रहारसम्म

भदौ २८, २०७६

NTC
Premier Steels

सिन्डिकेट तोड्न असफल 

Muktinath Bank

काठमाडौं – विगत १५ महिनादेखि नेपाली कामदारका लागि बन्द गरिएको मलेसियाको ढोका आइतवारबाट खोल्ने सहमति भएको छ । मलेसियाको पुत्राजयमा दुवै देशको संयुक्त कार्यदलबीच चरणचरणमा भएको वार्ताले सकारात्मक निष्कर्ष दिएपछि मलेसियामा नेपाली कामदार जाने बाटो खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुत्राजयमा यसअघि कात्तिक १२ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने सहमति भयो । सहमतिपछि श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भने, ‘नेपाल र मलेसियाबीच अक्टोबर २०१८ मा भएको श्रम सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ । अब मलेसियामा नेपाली दाजुभाई दिदीबहिनीहरू सहज र कुनै लागतबिना नै जान सक्नुहुनेछ ।’


Advertisment
Nabil box
Kumari

घिमिरेले मलेसिया रोजगारी बन्द भएर खोलेको विषय नभएको दाबी गरे । 

Vianet communication

 रोजगारी खुलेसँगै श्रममन्त्री गोकर्ण बिष्टले सामाजिक सञ्जालमार्फत खुशीयाली बाँडेका छन् । ‘ नेपाल–मलेसिया बीचको संयुक्त वार्ता टोलीको सहमतिले मलेसिया रोजगारीमा जानेका लागि बाटो खुला गर्ने आधार तयार भएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

आइतवार मलेसिया खुल्ने चर्चासँगै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सिन्डिकेट तोड्न मन्त्री विष्ट असफल रहेको विश्लेषण हुन थालेको छ ।

‘मन्त्रालय सम्हालेदेखि उहाँले मलेसियाका सन्दर्भमा दुईवटा विषयमा फोकस गरिरहनुभएको थियो,’ श्रम मन्त्रालय स्रोतले भन्यो, ‘पहिलो मलेसिया जाने नेपाली कामदारलाई अतिरिक्त आर्थिक भार नपार्ने र अर्को स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तोड्ने ।’

गत कात्तिकमा भएको श्रम सम्झौताले कामदारलाई शून्य लागतमा लैजाने प्रावधानको सुनिश्चितता गर्यो भने स्वास्थ्य परीक्षणमा देखिएको ३६ वटा संस्थाको सिन्डिकेट भने तत्काल तोडिने सम्भावना देखिएको छैन ।

बिहीवार दुवै देशको संयुक्त कार्यदलले तत्काल ३६ वटा स्वास्थ्य संस्थाले काम गर्ने र मलेसियाको निरीक्षणपश्चात थप ८६ वटा संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृत गर्न सकिने सहमति गरिएको छ।


१ वर्षमा ५० कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद ऐन उल्लंघन गर्ने ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐन उल्लंघन गर्ने बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता एवं निर्माण व्यवसायी गरी १ वर्षको अवधिमा ५० कम्पनीलाई सरकारले कालोसूचीमा राखेको हो ।


प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयको कालोसूचीमा पर्ने ठेकेदार कम्पनी काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित खेमतारा कन्स्ट्रक्सन कम्पनीलाई गत जुलाईदेखि सन् २०२१ जुलाईसम्म अन्य ठेक्का प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको खरिद अनुमगन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

अनुगमन कार्यालयको प्रतिवेदन अनुसार भक्तपुरको सोमु कन्स्ट्रक्सन, हुम्लाको हिलारा कन्स्ट्रक्सन, काठमाडौं बौद्धको ‘द कञ्चनजंघारलामा विल्डर्स जेभी’ र गोंगबुको जीएम कन्स्ट्रक्सन प्रालिलाई सन् २०२१ जुलाईसम्मका लागि सार्वजनिक खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको छ ।

अनामनगरको थोदुङ्गरअजम्बररशिवराम जेभी, अनामनगरकै लोहोनी एण्ड ब्रदररथोदुङ्गरसुरुची जेभी, बुद्धनगरको लोकवीर एण्ड बेतालीरनेपालरप्रगति जेभी, २०२० जुलाईसम्मका लागि कालोसूचीमा राखिएको छ ।

अन्य कम्पनीलाई समेत विभिन्न अवधिको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक काममा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐनको दफा ६२ उल्लंघन गर्ने कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । ऐनको दफा ६२ मा बोलपत्रदाता वा प्रस्तावदाताको आचरणसम्बन्धी व्यवस्था गरिएको छ । दफा अन्तर्गत बोलपत्रदाता वा प्रस्तावदाताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अुनुचित प्रलोभन दिन वा सोको प्रस्ताव गर्न नहुने उल्लेख गरिएको छ । तथ्यांक बंग्याइ वा झुक्याइ पेश गर्न नहुने लगायतका व्यवस्था दफामा छन् ।

तर कम्पनीले सार्वजनिक खरिद ऐनको दफा ६२ अनुसारको आचरण नदेखाएकाले दफा ६३ अनुसार कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद ऐनको दफा ६३ मा कालोसूचीमा राख्न सकिने र फुकुवा गर्न सकिने सम्बन्धी व्यवस्था छ ।

उपदफा ९१० मा बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई निजको कार्यको गाम्भीर्यताको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राख्न सक्ने उल्लेख छ ।

उपदफा ९१०९क० मा दफा ६२ बमोजिमको आचरण विपरीत काम गरेको प्रमाणित भएमा कालोसूचीमा राख्न सकिने उल्लेख गरिएको छ । उपदफामा कालोसूचीमा राख्न सकिने सम्बन्धी अन्य व्यवस्था गरिएका छन् ।

गोलढुङ्गामा गोली चल्यो

    तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीको शुक्रबार साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको हो । 

    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिए । 

    घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनका साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ ।
    
डान्सबारमा आगलागी हुँदा धनमाल नष्ट 

    काठमाडौँ महानगरपालिका–२६ सात घुम्तीस्थित रञ्जन न्यौपानेको डान्सबारमा विद्युत् चुहिएर शुक्रबार आगलागी भएको छ । आगलागीबाट डान्सबारको झण्डै रु दुई लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।  विद्युत् चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । 

    
डेङ्गु नियन्त्रण नहुँदा पर्यटन व्यवसायी चिन्तित
    
गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको छ । यही समयमा कास्कीलगायतका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय टोल विकास संस्था, वडालगायतले आ–आफ्नो किसिमले जनचेतना जगाउने काम गरे पनि त्यसको परिणाम सोचेजस्तो सकारात्मक देखिन सकेको छैन ।

    कास्कीमा साउनको पहिलो साता एक जनामा देखिएको डेङ्गु दोस्रो साताबाट ह्वात्तै बढ्दै. अहिले करीब एक हजार ३०० मा यसको सङ्क्रमण देखिसकेको छ जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

    दिन प्रतिदिन बढ्दो डेङ्गु सङ्क्रमण नियन्त्रण नहुँदा पोखराका पर्यटन व्यवसायी चिन्तित देखिएका छन् । डेङ्गु सङ्क्रमणको त्रासले पर्यटन क्षेत्रमा असर गर्ने भन्दै उनीहरू चिन्तित देखिएका हुन् । 


साल्ट सूचना कर्पाेरेशनले तेल उत्पादन गर्ने 
    
नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट सूचना कर्पाेरेशनले तोरी तेल उत्पादन गर्ने भएको छ । 

    हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवनलगायत तराई÷मधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पाेरेशनले जनाएको छ । 

    निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा निकट भविष्यमा नै कर्पाेरेशनले एलजिएस प्रविधिबाट ‘प्रि इञ्जिनीयरिङ हाउस’ आम उपभोक्तामाझ ल्याउने तयारी गरिएको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कर्पाेरेशनको ५७ आँै वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्पाेरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति र नियमभित्र रही दैनिक उपभोग्य वस्तुका अतिरिक्त रासायनिक मलको बिक्री वितरण गर्दै आएको जानकारी दिइन् ।

    हाल कर्पाेरेशनले नुनमा आयोडिन मिसाइ प्रमुखरूपमा बिक्री वितरण गर्दै आएको छ । स्वास्थ्य सर्वेक्षणका अनुसार आयोडिनयुक्त नुनको पहुँच पाँच वर्षमुनिका ९४ प्रतिशत बालबालिकामा पुगेको छ । यो सङ्ख्या विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको लक्ष्यभन्दा माथि रहेको  छ । 

    यसैगरी आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९० प्रतिशतभन्दा माथि रहेको छ । कर्पाेरेशनले वार्षिक दुईलाख मेट्रिक टन नुन देशका ७७ जिल्लामा बिक्री वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुनले  गलगाड रोग नियन्त्रणमा कोशेढुङ्गाको काम गर्दछ । कर्पाेरेशनका वरिष्ठ व्यापार अधिकृत ब्रजेश झाका अनुसार कर्पाेरेशनले आफ्ना  नेपालगञ्ज, धनगढी, सिमरा, लालगढ र विराटनगरका पाँचवटा गोदाम घरमा छ महीनालाई पुग्ने रु दुई अर्बभन्दा बढीको नुन भण्डारण गर्दै आएको छ । पछिल्लो समय आयोडिन नुनका कारण गलगाड रोगीको सङ्ख्या शून्यमा झरेको उहाँले जानकारी दिनुभयो । सन् १९८५ मा नेपालमा सो रोगीको सङ्ख्या ४४ प्रतिशत रहेको थियो । 
    
बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग 

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रूपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । 

    बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा काङ्ग्रेसको कार्यक्रम भइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले साङ्घातिक हमला गरेको काङ्ग्रेसले आरोप लगाएको छ । आक्रमणबाट  काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिनुका साथै केही  कार्यकर्ता घाइते भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 
 ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र स्थानीय प्रशासनसमेत संवेदनशील नहुनुलाई काङ्ग्रेसले सुनियोजित एवम अत्यन्त गम्भीर घटनाको रूपमा लिएको उनले बताए ।
    

विश्व प्रेस काउन्सिलको महासचिवमा श्रेष्ठ
    नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन् ।   

    अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएका हुन् ।  नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो । काउन्सिलको अध्यक्षमा प्राडा सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा तामेर अताबारुत (टर्की) चयन भएका छन् । 

    सो सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मासहितका देश सहभागी थिए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x