एएफसी यू–१६ च्याम्पियनसिप: जोर्डनलाई हराउने दाउमा नेपाल

भदौ २८, २०७६

काठमाडौं– एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबल  प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज (शनिवार) पहिलो खेल  घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपाल जाेर्डनविरुद्ध निकै शक्तिशाली भई उत्रने तयारीमा छ ।


ADVERTISEMENT

नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

भदौ २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस