×

NMB BANK
NIC ASIA

उद्योगमन्त्री यादवले गरे व्यापार सूचना पोर्टलको शुभारम्भ

असोज २, २०७६

NTC
Premier Steels

काठमाडौं – सरकारले निर्यात प्रवद्र्धनलाई सहजीकरण गर्ने उद्देश्यले आयात/निर्यातसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘नेपाल व्यापार सूचना पोर्टल’ सञ्चालनमा ल्याएको छ । 

Muktinath Bank

व्यापार र निर्यात प्रवद्र्धन केन्द्रले निर्माण गरेको सो पोर्टलको बिहीवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित कार्यक्रममा उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो प्रणाली सञ्चालनमा आएसँगै ‘रियल टाइम’मा वास्तविक तथ्यांक एकैपटक हेर्न सकिने छ । व्यापार सूचना प्रणाली सञ्चालनमा आएसँगै भ्रष्टाचार तथा अनियमिताको न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सो प्रणालीमा आयात तथा निर्यातसँग सम्बन्धित व्यवसायीले एकै थलोबाट सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् । व्यापार पोर्टलमा निर्यातसँग सरोकार भएका निकायलाई पनि जोडिएको छ । निर्यात व्यवसायसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थालाई पनि पोर्टलमा जोडिएको छ । 

Vianet communication

व्यापार सूचना पोर्टलमा आयात, निर्यातसँग सम्बन्धित कानून, प्रक्रिया, निर्यात निर्देशिका, सम्भावित बजार, अहिले नेपालबाट निर्यात भइरहेका उत्पादन, आयात तथा निर्यातकर्ताको विवरण, त्यससँग सम्बन्धित सरकारी निकायको विवरण पनि राखिएको छ । विभिन्न मुलुकसँग भएका व्यापार सम्झौता पनि समेटिएको छ । 

पोर्टलको शुभारम्भ गर्दै मन्त्री यादवले आयात/निर्यात व्यवसायलाई सहजीकरण गर्न सरकारले उक्त प्रणाली सञ्चालनमा ल्याएको बताउँदै व्यवसायीलाई यसको भरपूर प्रयोग गर्न आग्रह गरे । प्रविधिको प्रयोगबाट सुशासन प्रवद्र्धनमा टेवा पुग्ने बताउँदै उनले निर्यात प्रर्वद्धनमा सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

‘प्रविधिको प्रयोगले सुशासनलाई ठूलो टेवा पुर्‍याउने काम गर्छ,’ उनले भने, ‘अनलाइन प्रणाली शुभारम्भ भएसँगै हाकिमलाई खुश पार्नुपर्नै अवस्थाको अन्त्य भएको छ ।’

वाणिज्य सचिव वैकुण्ड अर्यालले व्यापार पोर्टल सञ्चालनमा आएसँगै सूचना आदानप्रदान गरी व्यापार सहजीकरण गर्न सघाउन पुग्ने विश्वास व्यक्त गरे । ‘यसले व्यवसायीलाई बजारको खोजी गर्न पनि सहज पुग्ने छ,’ उनले भने, ‘व्यापार प्रवद्र्धन गर्न पनि सहयोग मिल्ने छ ।’

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले व्यापार सूचना पोर्टल सञ्चालनमा आएपछि नेपालको निर्यात क्षेत्रमा नयाँ शुरुआत भएको बताए । सरकार र निजी क्षेत्रको सूचनालाई एकीकृत गरेर लैजान उनले सुझाव दिए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सूचना पोर्टललाई थप प्रयोगकर्तामैत्री बनाउँदै लैजाने बताए । विश्व बैंकको सहयोगमा सो पोर्टलको निर्माण गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x