×

NMB BANK
NIC ASIA

प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल शुरू

असोज ४, २०७६

NTC
Premier Steels

चितवन– प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरू भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। 

Muktinath Bank

सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताइन्। उनले भनिन्, “महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौँ । यसले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने छ ।” खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारी, अखिल नेपाल फुटबल सङ्घ चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सचिव भरतबहादुर सुवेदीलगायतले बाेलेका थिए । 


Advertisment
Nabil box
Kumari

भरतपुरको गेष्टहाउस चौरमा शुरु भएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई कपसहित रु एक लाख एक हजार १११ र दोस्रो हुनेले कपसहित रु ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । 

Vianet communication

त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई रु १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररले जनही रु पाँच/पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् । 

प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी जिल्लाका दुई टिम सहभागी भएका छन् । भारतबाट दुईवटा टिमले सहभागिता जनाएका छन् । सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा आठ–आठ टोली रहेका छन् । समूह ‘ए’ मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ(भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाइट किङ काठमाडौँ र नवलपुर भेट्रान क्लब छन् ।

यस्तै समूह ‘बी’ मा चितवन भेट्रान (रातो)सहित सानो गौचरन काठमाडौँ, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेको आयोजक चितवन भेटेरान फुटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको पहिलो चरणको खेल दुई दिन हुनेछ । दुवै दिन चार–चार वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये आठ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । आजको पहिलो खेल चितवन नीलो र मकवानपुर भेट्रान क्लबबीच भइरहेको छ । आज चार खेल हुँदैछ । प्रतियोगिता असोज ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x