×

NMB BANK
NIC ASIA

चितवनमा बिरामीको मृत्युपछि अस्पताल तोडफोड

कात्तिक ३, २०७६

NTC
Premier Steels

चितवन - चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुग्यास र लाठीचार्ज गरेर भीडलाई तितरवितर पारिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्रममा केही प्रहरी सामान्य घाइते भएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गाले अस्पतालको अगाडिको सिसा फुटेको उहाँले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नवलपुरको कावासोतीकी ३१ वर्षीया आशा ज्ञवालीको नाकको शल्यक्रिया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरवाहीका कारण ज्यान गएको पारिवारले दाबी गरेको छ ।

Vianet communication

मृतक आशाका श्रीमान् पुकनारायण ज्ञवालीले अस्पतालको लापरवाहीका कारण आफ्नो श्रीमतीको ज्यान गएको बताए । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रिया गर्न अस्पताल आएको मृतकका श्रीमान् पुकनारायणले बताए ।

दुई महिनाअघि चिकित्सकले दिएको सल्लाहअनुसार नै गत असोज २६ गते आशालाई अस्पताल ल्याइएको थियो । शल्यक्रिया अघि सबै परीक्षण गरेर २७ गते बिहान करीब ९ बजे तिर शल्यक्रियाका लागि अस्पताल लगिएको थियो ।

अस्पातलले शनिबार अपराह्न करीब ४ बजे आशाको मृत्यु भएको भनी जानकारी गराएको थियो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले बिरामीको मृत्युपश्चात अस्पतालले समिति गठन गरी अनुसन्धान शुरु गरेको बताए । मृतकका परिवारले शल्यक्रियामा संलग्न चिकित्सकको इजाजतपत्र खारेज र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x