×

NMB BANK
NIC ASIA

पशुअधिकारवादीको अपील– लाम्खुट्टेलाई रगत चुस्न दिनुस्, उसले पनि बच्चा पाल्नुपर्छ

कात्तिक ५, २०७६

NTC
Premier Steels

काठमाडौं – फ्रान्सका एक पशुअधिकारवादीले सर्वसाधारणलाई लाम्खुट्टे नमार्न अपील गरेका छन् । 

Muktinath Bank

लाम्खुट्टेलाई आफ्नो सन्तानको पोषणका लागि रगत आवश्यक भएको उनको तर्क छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरमेरिक क्यारनले कोमोटो टीभीमा पशुअधिकारसम्बन्धी प्रश्नको जवाफ दिइरहेका थिए । त्यस क्रममा उनलाई सोधियो– लाम्खुट्टेले टोकेमा के गर्ने ? क्यारनले जवाफ दिए, ‘उनीहरूलाई मार्नु हुँदैन । लाम्खुट्टेहरूले प्रोटीनका लागि मानिसको रगत चुस्छन् । उनीहरूलाई आफ्नो अण्डा र बच्चाको विकासका लागि रगत आवश्यक हुन्छ ।’ 


Advertisment
Nabil box
Kumari

लाम्खुट्टेले सन्तानको भविष्यका लागि जीवन जोखिममा पार्ने उनले बताए । यसको विकल्प उनीहरूसँग नरहेको उनको भनाइ छ । कहिलेकाहीँ लाम्खुट्टेलाई रक्तदान गर्नुमा कुनै हानि नरहेको उनले बताए । पशुप्रेमीहरूले आफैं लाम्खुट्टेलाई टोक्न दिनुपर्ने उनले बताए । 

Vianet communication

तर मलेरिया लाग्न सक्ने भएकाले अफ्रिकीहरूले चाहिँ लाम्खुट्टेलाई टोक्न दिन नहुने उनले बताए । लाम्खुट्टेलाई टोक्न दिन नचाहने व्यक्तिले त्यसलाई हटाउन प्राकृतिक रिपेलर उपयोग गर्नुपर्ने उनको भनाइ छ । 

क्यारनको यो सुझावलाई मानिसहरूले मूर्खतापूर्ण र गैरजिम्मेवार भने ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार, सन् २०१७ मा संसारभरि मलेरियाका २२ करोड केस आए अनि चार लाख ३५ हजारजनाले ज्यान गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x