×

NMB BANK
NIC ASIA

पतिले काटिदिए पत्नीको जिभ्रो, पत्नीलाई खाना खान मुश्किल

कात्तिक २६, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको अहमदाबादमा एक पतिले आफ्नी पत्नीको जिभ्रोलाई चक्कुले काटिदिएका छन् । 

Muktinath Bank

अय्युब मन्सुरी नामक ती क्रूर पतिले पत्नीलाई चुम्बन गर्ने बहानामा जिभ्रो काटिदिएका हुन् । पत्नीलाई जिभ्रो काटिएपछि खान समस्या परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म सामान्य रूपमा खाना खान सक्दिनँ र चपाउन पनि सक्दिनँ । मेरो परिवारले मिक्सरमा खाना पिँधेर मलाई खुवाउने गरेको छ,’ पत्नीले भनिन् । 


Advertisment
Nabil box
Kumari

नर्सका रूपमा काम गर्ने पत्नी माइत फर्किएकी छन् र उनलाई दाइभाउजुले स्याहार गरिरहेका छन् । 

Vianet communication

चिकित्सकहरूका अनुसार, पतिले जिभ्रोको ४० प्रतिशत भाग काटिदिएका छन् जसले गर्दा उनको बोली बिग्रेको छ । 

उनको बोलेको बुझ्नका लागि श्रोताले निकै ध्यान दिनुपर्ने हुन्छ । 

‘हामीहरूले जिभ्रोको क्यान्सरको उपचार त गरिरहेका हुन्छौं तर मानिसले गर्दा जिभ्रो समस्यामा परेको यो पहिलो केस हो । हामीहरूले यस्तो केस पाठ्यक्रममा समेत पढेका थिएनौं,’ भीएस अस्पतालका प्लास्टिक सर्जन डा शैलेन्द्र सिंहले बताए । 

अब तीन महिनापछि आफूहरूले हात वा तिघ्राबाट छाला निकालेर जिभ्रो बनाउने बताएका छन् । 

‘हामीहरू माइक्रोसर्जरी गर्नेछौं र नसाको कनेक्सजन पनि गराउनेछौं । उनको काटिएको जिभ्रोमा छाला जोडिएपछि उनले खाना भित्रतिर छिराउन सक्छिन् र जिभ्रोको मुख्य काम नै त्यही हो । उनको बोलीमा पनि सुधार आउनेछ,’ डा सिंहले बताए । 

ती महिलाको त्यो दोस्रो विवाह थियो । उनीहरूबीच कहिलेकाहीँ झगडा हुने गरेको भए पनि पतिले अपेक्षै नगरेको बेलामा जिभ्रो काटिदिए । ‘त्यो दिन सबैकुरा शान्तिपूर्ण नै थियो । हामीले केक खायौं र म पल्टिएँ । उसले मलाई चुम्बन गर्न चाहेको बतायो । हामीहरूले चुम्बन गर्‍यौं र उसले अचानक मेरो जिभ्रो बाहिर तान्यो अनि काटिदियो,’ महिलाले भनिन् ।

आफूलाई यसरी आक्रमण गरिएपछि उनी स्तब्ध भइन् र कहिले पनि आक्रमणकर्ताको घर नजाने बताइन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x