भोलि अर्थात् मंगलवार भ्यालेन्टाइन डे को चौथौ दिन- प्रमिस डे । यो दिन हर प्रेम जोडीले चाहन्छन् कि पार्टनरसँगको सम्बन्ध मजबुद बनोस् । यसैबीच आज हामी तपाईंलाई प्रमिसबारे केही कुराहरू बताउन गइरहेका छौं जसले तपाईंको भ्यालेन्टाइनलाई खास बनाउन सक्छ ।
सरप्राइज दिएर प्रमिस गर्नुहोस्
राम्रोसँग सरप्राइज प्लान बनाएर पार्टनरलाई माया गरिरहने कसम खानुहोस् । उनलाई जिन्दगीभर सरप्राइज दिइराख्ने भनेर पनि बाचा गर्नुस् । यसले तपाईंको ईमान्दारिता झल्काउँछ र सम्बन्ध बलियो बन्छ ।
पार्टनरसँग मनको कुरा गर्नुहोस्
तपाईंले सम्बन्धलाई खास बनाउनका लागि पार्टनरको मनको कुरा जान्न खोज्नुपर्छ । मायाप्रेम गर्नेहरूले एकअर्काका मनको कुरा थाहा पाउनैपर्छ । यसैलाई मानेर तपाईंले प्रमिस गर्दा उत्तम ठहरिनेछ । सँधैंभरि मनको कुरा बुझ्छु भनेर पार्टनरसँग कसम खानुहोस् ।
ख्याल राख्ने बाचा गर्नुहोस्
सानो-सानो कुराहरू पनि ख्याल राख्छु भनेर पार्टनरसँग प्रमिस गर्नुहोस् । उनलाई मन पर्ने खाना बनाएर खुवाउनुहोस् । सँधैंभरि ख्याल राख्छु भनेर कसम खानुहोस् । यसले तपाईंको सम्बन्धलाई अझ माथि पुर्याउँछ ।
इच्छा पूरा गराउनुहोस्
पार्टनरको खुशीलाई ध्यान राख्नुहोस् । उनको हरेक इच्छा जान्नुहोस् र त्यसलाई पूरा गरेर स्पेशल महसूस गराउनुहोस् । यसैगरी हरेक इच्छा पूरा गर्छु भनेर प्रमिस गर्नुहोस् ।
साथ दिने बाचा गर्नुहोस्
पार्टनरलाई आफ्नै फील गराउन तपाईंले जुनीभर साथ दिने बाचा गर्नुहोस् । जस्तोसुकै अफ्ट्यारो परिस्थितिमा पनि साथ दिन्छु भनेर बाचा गर्दा प्रेमसम्बन्ध बलियो हुन्छ ।
घुमाउँछु भन्नुस्
केही महिलाहरू घरकै काममा व्यस्त हुने गर्छन् । यस्तो अवस्थामा पार्टनरले कतै घुमाओस् भन्ने चाहन्छन् । उनीहरूले मुखै फोरेर 'घुमाउनु न' भन्नुअगावै तपाईंले सुन्दर र रमाइला ठाउँहरू घुमाउँछु भनेर बाचा गर्नुस् । यसले सम्बन्धलाई मजबुद बनाउँछ ।
लोकान्तर संवाददाता