×

NMB BANK
NIC ASIA

लगानी आकर्षित गर्न प्रदेश सरकारलाई ढकालको आग्रह

फागुन १, २०७६

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने, कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहिलेको परम्परागत शैलीमा परिवर्तन गर्ने हो भने नेपालमा लगानीका सम्भावना थप बढ्ने बताएका छन् ।    

Muktinath Bank

जिल्ला, नगर तथा प्रदेशस्तरमा हुने लगानी एवं व्यवसाय सञ्चालनका लागि कर, रजिष्ट्रेसन एवं नयाँ अनुमति लिनेजस्ता विषयमा समस्या झेल्नुपरेको गुनासो जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट अत्यधिक रुपमा आउने गरेको भन्दै यी समस्या प्रदेश तथा स्थानीय सरकारले समाधान गरिदिए देशका साना व्यवसायीका लागि वातावरण बन्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी साना व्यवसायीका समस्या कम भएमा प्रदेशमा मात्र नभएर देशमै लगानीको राम्रो वातावरण बन्ने उनले बताए । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरेकोले लगानी ल्याउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर सिंह, अर्थमन्त्री प्रकाश ज्वाला लगायतले आग्रह गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकालले पनि सो आग्रह गरेका हुन् । सल्यानमा आयोजित प्रादेशिक कृषि, पर्यटन, उद्योग व्यापार मेलालाई बिहीवार सम्बोधन गर्दै उनले सो आग्रह आग्रह गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

नेपालमा ३ तहको सरकार र कानूनहरू बनिसकेपछि पनि अझै कतिपय कामहरुमा झमेला नहटेको व्यावसायीको गुनासो रहेको उनको भनाई थियो । उनले नयाँ नियम कानुन बन्दा सरोकारवाला पक्षको सहभागिता र परामर्श हुन सके त्यसले व्यावसायिक प्रवद्र्धनमा सहजता थप्ने बताए ।

Vianet communication

कुनै पनि नयाँ आयोजना सञ्चालन गर्नका लागि पर्यटन, वन, वातावरण आदिका क्षेत्रमा गर्नुपर्ने सरकारी प्रक्रियागत कार्यहरुमा अझै चुस्तता जरुरी रहेको उनको भनाइ थियो । 

नेपालको कर्णाली प्रदेश क्षेत्र जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन त्यस्तै लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।  

मेला महोत्सवजस्ता व्यवासायकि प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कामहरुलाई एउटा कार्यविधि बनाएर जिल्ला नगर उद्योग वाणिज्य संघहरुले नै गर्ने गरी जिम्मेवारी दिँदा व्यावहारिक हुने उनले बताए । 

‘यस्ता महोत्सव एवं प्रदर्शनीमा विदेशबाट आयातित गर्ने वस्तु राख्नु हुँदैन, नेपाली र स्थानीय उत्पादनलाई उजागर गर्ने, आन्तरिक प्रतिस्पर्धा गराउन सक्ने उत्पादन होस् या कला र अन्य विषयहरूलाई प्रवद्र्धन गर्ने र प्रोत्साहन गर्ने काम गर्नुपर्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x