×

NMB BANK
NIC ASIA

सरकार भन्छ– चीनमा रोकिएकालाई कोरोना संक्रमण छैन, बच्चालाई लगाइदिएको मास्कले बिगार्‍यो कुरा !

फागुन ४, २०७६

NTC
चीनबाट स्वदेश फिर्ता हुँदै गरेका नेपाली
Premier Steels

कोरोनाप्रभावित चीनको वुहानसहित विभिन्न शहरमा फसेका १ सय ८१ जना नेपाली स्वदेश फर्कन शनिवार स्थानीय समयअनुसार राति ११ बजे वुहानस्थित विमानस्थलमा उपस्थित भएका थिए ।

Muktinath Bank

तीमध्ये ६ जनालाई त्यहाँको विमानस्थल हेल्थ डेस्कले तापक्रम परीक्षणपश्चात रोक्यो भने बाँकी १ सय ७५ जना नेपाल एयरलाइन्सको विशेष विमानमार्फत् स्वदेश फिर्ता भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा स्वदेश फर्किन १ सय ८५ जनाले आवेदन दिएकोमा ४ जना अन्तिम समयमा अनिच्छुक देखिएका थिए । बाँकी ६ जना स्वास्थ्य परीक्षणपश्चात रोकिएपछि १ सय ७५ जनालाई मात्र नेपाल ल्याइएको हो ।


Advertisment
Nabil box
Kumari

नेपाल फर्किएका सबैलाई भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । 

Vianet communication

स्वदेश फर्किन चाहेका ६ जना चीनमै रोकिएपछि उनीहरूमा कोरोना संक्रमण देखिएको त होइन भन्ने चिन्ता र चासो थपिएको छ ।  

स्वास्थ्य राज्यमन्त्री नवराज रावत ६ जना नेपाली वुहान विमानस्थलबाटै फिर्ता हुनुको कारण कोरोना संक्रमण नभएको दाबी गर्छन् ।

'उहाँहरू कोरोना भएकाले रोकिनु भएको होइन,' रावतले लोकान्तरसँग भने, 'उहाँका स्थानीय अविभावकहरू ढुक्क भएर बसे हुन्छ । विमानस्थलमा गरिएको स्वास्थ्य परीक्षणमा तापक्रम सामान्यभन्दा केही बढी देखिएको साँचो हो, तर कोविड-१९ को संक्रमण हुँदै होइन ।'

रावतले आफूहरूले ६ जनाको विषयमा निरन्तर फलोअप गरिरहेको बताए । 

चीनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशील लम्सालले पनि एयरपोर्टमा रोकिएका ६ जनामा संक्रमणको कुनै लक्षण नदेखिएको र उनीहरू आफ्नो युनिभर्सिटीमा फर्केको बताइसकेका छन् । 

विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा सामान्यभन्दा बढी देखिएका ६ जनामा एक परिवार (श्रीमान, श्रीमती र बच्चा) र अन्य तीन पुरुष थिए ।

डेढ वर्षको बच्चालाई मास्क लगाइदिँदा बिग्रियो कुरा

चीनमा रोकिएका ६ जनाको आधिकारिक नाम स्वास्थ्य र परराष्ट्र मन्त्रालयले गोप्य राखेको छ ।

तर ६ जनामध्ये करीब डेढ वर्षको बच्चालाई लामो समयसम्म मास्क लगाइदिँदा असहज भएकाले तापक्रममा सामान्य वृद्धि भएको आफ्नो जानकारीमा आएको एक अभिभावक भगवतीलाल कक्षपतिले बताए । 

उनी वुहानबाट उद्दारपछि खरिपाटी क्वारेन्टाइनमा रहेकी सलिना कक्षपतिका बुवा हुन् । 

कक्षपति लगायत अन्य अविभावकहरूले वुहानबाट आफ्ना आफन्तलाई तत्काल उद्दार गर्न संघर्ष समिति नै बनाएर सरकारलाई दबाब दिएका थिए । 

'बिहानदेखि पानी परिरहेकाले अधिकांश रेनकोट ओढेर विमानस्थल आएका थिए । डब्ल्युएचओको मापदण्ड अनुसारका कपडाहरू लगाउनुपर्‍यो,' कक्षपतिले भने, 'कतिपय घर आउन पाएकोमा भावुक पनि बनेका थिए । त्यसैले केहीको स्वास्थ्यमा सामान्य गडबडी देखियो, तर नेपाल फर्किन नपाएकामध्ये कोही पनि कोविड-१९ को संक्रमणको शिकार नभएको मैले बुझेको छु ।' 

डब्ल्युएचओको मापदण्डभन्दा बढी शून्य दशमलव १ डिग्री सेल्सियस तापक्रम भएपनि नेपाल फर्किन नपाइने भनेर लिखतनामा नै गरिएको थियो । 

खरिपाटीमा क्वारेन्टाइनमा रहेका सौरभ लुइँटेलले पनि एयरपोर्टमै रोकिएका ६ जनालाई कोविड-१९ को संक्रमण भइसकेको हुनसक्ने सम्भावना नरहेको बताए ।

'उहाँहरूमध्ये कतिपयको त घर जान पाइने भयो भन्ने खुसीकै कारणले सामान्यभन्दा केही बढी तापक्रम भएको हुनुपर्छ,' लुइँटेलले लोकान्तरसँग भने । 

महिना दिनपछिको खुशी

वुहानमै रोकिएका ६ जनालाई फर्काएर उतै क्वारेन्टाइनमा राखिने चीनस्थित नेपाली दूतावासले बताएको छ । 

नेपाल आएका १ सय ७५ जना भने खुशी छन् । लुइँटेल भन्छन्, 'हामी यति खुसी थियौं कि वुहानबाट विमान उड्दा र काठमाडौं अवतरण गर्दा सबैले तालीसँगै हूटिङ पनि गरेका थियौं ।'

चीनको वुहानबाट शुरू भएको कोविड-१९ २०१९ को डिसेम्बर ३१ मा पहिलोपटक देखिएको थियो । 

संक्रमण गुणात्मक रूपमा बढ्न थालेपछि भारत, बंगलादेशका अलावा युरोप र अमेरिकी देशहरूले आफ्ना नागरिक फिर्ता लगेका थिए । 

कोविड-१९ भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६ सय ६५ पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

पछिल्लो एकै दिनमा थप १ सय ४२ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेहरुको कूल संख्या अहिलेसम्म ६५ हजार ५ सय पुगेको बताइएको छ ।

नेपालमा भने चीनबाट नेपालीहरूलाई स्वदेश फिर्ता गराउने विषय राजनीतिक विषय बन्यो । 

सरकारले चीनबाट नेपालीहरूलाई उद्दार गर्न नसकेको भन्दै आलोचना भएको थियो भने चीनमा फसेकाहरूका अभिभावकले संघर्ष समिति नै बनाएर आन्दोलन गर्नुपरेको थियो । 

नेपाल फर्किएका अर्का विद्यार्थी अभयकुमार मण्डलले पनि आफ्नो खुशीको सीमा नरहेको बताए । 

खरिपाटीको नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनाको रगत, र्‍याल र खकार परीक्षण गरिने भएको छ ।

'हामी दुई हप्तासम्म क्वारेन्टाइनमा बस्न एकदम राजीखुशी छौं,' मण्डलले भने, 'अविभावकहरू पनि खुशी हुनुभएको छ । आजैबाट शुरू हुने गरी हाम्रो केही टेस्टहरू हुँदैछन् ।' 


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x