×

NMB BANK
NIC ASIA

चीनबाट फर्किएका सबै सकुशल

फागुन ६, २०७६

NTC
Premier Steels

 ‘म डा. रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तपार्इंहरू डराउनु पर्दैन। कृपया सहयोग गर्नुहोला।’ भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको कन्ट्रोल रुमबाट डा. शाहले अनुरोध गरे। खाना खाने तयारी भइरहेका बेला सुनिएको आवाजले क्वारेन्टाइनमा बसेका सतर्क भए। शाहलगायत सबै स्वास्थ्यकर्मीले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पहिरिएका थिए।

Muktinath Bank

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. शाह नेतृत्वको खटिएको टोलीले सबैको घाँटी र नाकको स्वाव संकलन गर्‍यो। एक सय ७५ जनाको थ्रोट स्वाव संकलन गर्न चार घण्टा लागेको डा. शाहले बताए। ‘खाना खाएर थ्रोट स्वाव संकलन गर्दा वाकवाकी लाग्ने सक्ने जानकारी गरायौं। सबैले थ्रोट स्वाव संकलनपछि मात्र खाना खानुभयो,’ डा. शाहले अन्नपूर्णसँग भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वाव संकलनपछि स्वास्थ्यकर्मीले इथानोलयुक्त ‘स्प्रे’ शरीरमा छर्के। पोसाक फेरेर भक्तपुर गएका स्वास्थ्यकर्मी साँझ काठमाडौं फर्किंदा खुसी देखिन्थे। डा. शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो। सबै काम सकेर फर्कंदा खुसी लाग्यो।’


Advertisment
Nabil box
Kumari

र्‍याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, स्मृति श्रेष्ठ, विमलेश अधिकारी, सुनी डंगोल, स्विटी उपाध्याय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए।

Vianet communication

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार स्वास्थ्य अवस्थाको पछिल्लो जानकारीका लागि घाँटीको र्‍र्‍याल (थ्रोट स्वाव) नमुना संकलन गरिएको हो। संकलित थ्रोट स्वाव परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। दाहालले भने, ‘सबैजना सकुशल हुनुहुन्छ। अहिलेसम्म कोभिड–१९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन।’

कोभिड–१९ संक्रमणपछि चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ।

क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य जाँच र शंकास्पद लक्षण देखिएमा प्रयोगशाला परीक्षणको व्यवस्था गरिएको छ।अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x