×

NMB BANK
NIC ASIA

काँग्रेस अग्र पङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव : केन्द्रीय सदस्य भण्डारी

फागुन ८, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले हरेक परिवर्तनको आन्दोलनको अग्र नेतृत्व नेपाली काँग्रेसले गरेको दाबी गरेका छन्   ।

Muktinath Bank

तनहुँको ऋषिङ गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले काँग्रेस अग्र पङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव भएको हो भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय सदस्य भण्डारीले भन्नुभयो,“ १०४ वर्षे राणाशासनको अन्त्य, २०४६ सालको आन्दोलन, ६२÷६३ को जनआन्दोलन, तत्काली नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र नयाँ संविधान जारी गर्ने कामको नेतृत्व काँग्रेसले गरेको हो ।”
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, संविधानसभा सदस्य झुलबहादुर आले, जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललगायतले जनताको भावना बुझेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए।


Advertisment
Nabil box
Kumari

रु ४० लाखको लागतमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भविसरा आलेले जानकारी दिए । आफ्नै वडा कार्यालय भवन भएपछि जनतालाई सेवा प्रवाह गर्न सहज हुने उनले बताए।

Vianet communication

बाटो डेढ महिना बन्द हुने
पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको यहाँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट जाने बाटो डेढ महिना बन्द हुने भएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्न बाटो बन्द गर्न लागिएको हो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीअन्तर्गत निर्माण भइरहेको उक्त सडकको करिब ४०० मिटर भाग आरसिसी गर्नका लागि सडक बन्द गर्न लागिएको निर्माण कम्पनी रानीवन कन्स्ट्रक्शनका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिए ।

सडक बन्द हुनेबारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ ।

सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करिब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडि बढाउन लागिएको उनले बताए।

चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने जानकारी दिए ।

अहिले पनि मानहुँकोटमा दैनिक दुई÷तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानहुँकोटबाट आँखै अगाडि पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।  मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ । मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ (भ्युटावर) हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको रु २५ लाख र वडा कार्यालयको रु पाँच लाखको लागतमा रेलिङ निर्माण गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x