मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सरकारले स्वास्थ्यका विभिन्न निकायका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन्। उनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता थिए। विभागका निमित्त महानिर्देशक रहेका डा रोशन पोखरेलको स्वास्थ्य मन्त्रालय सरुवा भएको छ।
डा गुणराज लोहनीको स्वास्थ्य मन्त्रालय, नीति योजना महाशाखा प्रमुखमा सरुवा भएको छ। नीति योजना महाशाखा प्रमुख डा विकास देवकोटाको स्वास्थ्य समन्वय महाशाखामा सरुवा भएको छ।
यसैगरी, कान्ति बाल अस्पतालको निर्देशकमा डा कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्। राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिन्टेन्डेन्टमा डा सन्तोष पौडेल नियुक्त हुँदा डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ। पाण्डे यसअघि टेकुमा सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक थिए। इपिडिमियोलोजीका निर्देशक डा विवेककुमार लाल राष्ट्रिय क्षयरोग केन्द्रमा पुगेका छन्।
डा सागरराज भण्डारीले टेकु अस्पतालको निर्देशकको जिम्मेवारी पाएका छन्।
सरकारले डा रविन खड्कालाई वीर अस्पतालमा सरुवा गरेको छ। त्यस्तै प्रादेशिक अस्पताल कोशी र भेरीकाे मेडिकल सुपरिन्टेन्डेन्टमा क्रमश: डा चुमनलाल दास र डा प्रकाश थापा नियुक्त भएका छन्।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...