×

NMB BANK
NIC ASIA

जुर्मुराउँदै पूर्वकमलरी

पूर्वकमलरी रेखा र सेमकुमारीको कथा : पहिला मालिकको दासी, अहिले 'कम्प्युटर प्रशिक्षण केन्द्र'को मालिक

फागुन १०, २०७६

NTC
Premier Steels

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँकी रेखा कुमारी चौधरी (२६) र धनगढी उपमहानगरपालिका–१२ मनेहरा मुक्तकमैया शिविरकी सेम कुमारी चौधरी (२८) को बाल्यावस्था निकै कहाली लाग्दो थियो ।

Muktinath Bank

विपन्न परिवारमा जन्मेका रेखा र सेम कुमारीले आफ्नो बाल्यावस्था कमलरी प्रथाको दलदलमा गुजारे । बाल्यावस्था कष्टकर र अभावै अभावमा बिताए । कखरा सिक्ने, जीवनउपयोगी वाणी सुन्ने समयमा  मालिकको कर्कश गाली सुने । श्रम शोषणको शिकार भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर आज उनै रेखा र सेम कुमारी कमलरी प्रथाबाट उन्मुक्ति पाएर समाजमा प्राविधिक शिक्षाको दियो बालिरहेका छन् । फलतः समाजमा रोल मोडल बन्न सफल भएका छन् ।


Advertisment
Nabil box
Kumari

पश्चिम नेपालको तराईमा १ दशक अगाडिसम्म कमलरी प्रथा जरा गाडेर बसेको थियो । विशेषगरी थारु समुदायका बालिकाहरू यो प्रथाबाट निकै प्रताडित थिए । शिक्षा हासिल गर्ने उमेरमा अर्काको घरमा दासी भएर बस्थे । उनीहरू श्रम र यौन शोषणको शिकार भएको अनगिन्ती उदाहरण छन् । आज तिनै बालिकाहरू समाज बदल्ने अभियानमा जुर्मुराएका हुन् ।

Vianet communication

रेखा र सेम कुमारीका बुवा आमा पूर्व कमैया हुन् । लामो समयसम्म उनीहरूका अभिभावक जमिनदारको घरमा कमैया बसे । जीवनको कुनै अर्थ थिएन । जता–जता उनीहरूका अभिभावक जान्थे, पछिपछि जानु सेमकुमारी र रेखा कुमारीको नियति थियो । कमलरी बसी मालिकका बालबालिका स्याहार्नुपर्ने, घरधन्दा गर्नुपर्ने बाध्यता थियो उनीहरूको । आफ्नो बुवाले २६ वर्ष कमैया बसेको विगत सुनाउँदै रेखाले भनिन्, ‘बुवा आमा कमैया भएकै कारण उहाँहरूसैँ म पनि कमलरी बसे । ३ महिना बढी कमलरी बसेँ । बडो मुस्किलले ताजा खाना खान पाउँथें । घरको सबै कामको जिम्मा मेरै काँधमा लादिन्थ्यो ।’

धनगढी क्याम्पस रोडका एक व्यक्तिका घरमा २ वर्ष बढी समय कमलरी बसेको बताउँदै सेम कुमारी पनि विगत कोट्याउँछिन्- पढ्ने उमेरमा म पनि जमिनदारको घरमा नै थिएँ । कमलरी बसेकी थिएँ । विद्यालयको पहुँच भन्दा बाहिर थिएँ ।

सरकारले विसं २०५८ सालमा कमैया मुक्तिको घोषणा गर्‍यो । २०६५ सालमा कमलरी मुक्तिको पनि घोषणा गर्‍यो । कमैया र कमलरी त्यो बर्बर दासताको जञ्जीरबाट मुक्त भए । रेखा र सेम कुमारी आफ्नै घरमा बस्न थाले । अनि बल्ल शुरू गरे- स्कूले यात्रा ।

जब अध्ययनमा जुटे, तब सेम कुमारी र रेखाको भेट भयो । सेमकुमारीले भनिन्, ‘पढ्ने बेला नै हाम्रो भेट भएको हो । हामी कम्युटरको कक्षासँगै लिन्थ्यो । हाम्रो घनिष्टता बढ्यो ।’

अध्ययनको क्रममै आफूले हासिल गरेको सीप र ज्ञानको सदुपयोग गर्दै उनीहरूले संयुक्त रूपमा व्यवसाय गर्ने योजना बुने । उनीहरूले एक वित्तीय संस्थाबाट करीब ६ लाख ऋण काढेर व्यवसायको योजना बनाए । अनि शुरू गरे- कम्प्युटर प्रशिक्षण केन्द्र ।

विसं २०७२ फागुन १५ गते उनीहरूले धनगढीमै धनटेक कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् । केन्द्रमा रेखाको ८० र सेम कुमारी २० प्रतिशत साझेदारी रहेको छ ।

शिक्षामा पनि अब्बल

कुनै बेला अर्काको घरमा दासी भएर काम गर्ने उनीहरू आज स्वरोजगार भएका छन् । शिक्षाबाट वञ्चित भएका उनीहरू शिक्षा आर्जनमा पनि अब्बल भएका छन् । रेखा स्नाकोत्तर तह र सेम कुमारी स्नातक तहमा अध्ययनरत छिन् र संगै अरूलाई शिक्षा बाँडिरहेका छन् । जुन कार्यबाट उनीहरू पनि दंग छन् ।

सेमकुमारी खुशी साट्छिन्, ‘हाम्रो विगत जमिनदारको ४ पर्खालभित्र कैद थियो । आज हामी आफ्नो खुट्टामा उभिएका छौं । हामीले आफ्नो भविष्य आफैंले कोरेका छौं । सबैभन्दा खुशीको कुरा, कुनै बेला पढ्न नपाएका हामीहरू अरूलाई पढाउन पाउँदा निकै खुशी छौं ।’

उनीहरूको कम्युटर प्रशिक्षण केन्द्रमा दैनिक ५० जना विद्यार्थीहरूले कम्प्युटरको सफ्टवेयर र हार्डवेयरका शिक्षा लिँदै आएका छन् । प्रशिक्षण केन्द्रले क्रमिक रूपमा व्यावसायिक सफलता हासिल गर्दै आएको छ । सो प्रशिक्षण केन्द्रले मासिक २ लाख बढीको कारोबार गर्दै आएको रेखा बताउँछिन् । लिएको ऋण पनि चुक्त गर्न अब धेरै नभएको बताउँदै उनीहरू व्यवसायलाई थप विस्तार गर्ने योजनामा छन् ।

उनीहरूको प्रशिक्षण केन्द्रमा सबै वर्ग समुदायको विद्यार्थीले शिक्षा लिँदै आएका छन् । शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले आफूजस्ता गरीब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई सहुलियत प्रदान गर्दै आएको उनीहरू बताउँछन् ।

व्यावसायिक सफलताकै कारण उनीहरूले समाजमा राम्रो प्रतिष्ठा कमाउन सफल भएका छन् । कमलरी जीवन गुजारेका छोरीहरू पनि समाजमा कुनै पनि मानेमा कमजोर छैनन् भन्ने उदाहरण उनीहरू बनेका छन् । उनीहरूको परिवार र समाजमा उच्च मूल्यांकन हुँदै आएको छ । घरको जिम्मेवारी समेत उनीहरूकै काँधमा छ ।

फलतः उनीहरूलाई कैलाली उद्योग वाणिज्य संघले २०७४ मा उत्कृष्ट व्यवसायीको रूपमा सम्मानित गरिसकेको छ भने फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेनल वुमन नेपालले सन् २०१६ मा गूड बिजनेस अवार्डबाट सम्मानित गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x