×

NMB BANK
NIC ASIA

जन्मथलो जाँदै प्रधानमन्त्री

फागुन ११, २०७६

NTC
Premier Steels

आफ्नो जन्मदिन मात्र होइन, पार्टीका अन्य वरिष्ठ नेताहरूको जन्मदिनलाई पनि केक काटेर विशेष बनाइदिँदै आएका प्रधानमन्त्री केपी ओली जन्मदिन मनाउन यसपालि जन्मथलो तेहथुम पुग्ने भएका छन्। प्रधानमन्त्री ओलीको आइतबार ६९ औं जन्मदिन हो।

Muktinath Bank

२००८ साल फागुन ११ मा तेह्रथुमको साविक इवा गाविसको सल्ले (हाल अठराई गाउँपालिका–४) मा ओली जन्मिएका थिए। ‘जन्मिएकै स्थानमा पुगेर प्रधानमन्त्रीले जन्मदिन विशष रुपले मनाउने कार्यक्रम बनाउनुभएको छ,’ नेकपा केन्द्रीय सदस्य एवम् तेह्रथुम जिल्ला सहइन्चार्ज विजय सुब्बाले अन्नपूर्णसँग भने, ‘त्यसका लागि उहाँ (प्रधानमन्त्री) आइतबार तेह्रथुम जाँदै हुनुहुन्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले गत वर्ष प्रधानमन्त्री निवासमै जन्मदिन मनाएका थिए। प्रधानमन्त्री नहुँदा उनले भक्तपुर बालकोटस्थित निजी निवासमा ‘सेलिब्रेट’ गर्ने गरेका थिए।


Advertisment
Nabil box
Kumari

ओलीले जन्मदिनमा त्यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर खुसीयाली साट्ने योजना बनाएका छन्। ‘उहाँको जन्मघरमा कार्यक्रम राखिएको छ। त्यहाँ उहाँले जेष्ठ नागरिकलाई सम्मान गर्नुहुनेछ। विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम छ’, सुब्बाले भने।

Vianet communication

ओलीको बाल्यकाल असाध्यै दुःखका साथ बितेको थियो। उनी सानैमा आमा गुमाएर टुहुरो बने। उनले अर्काको घरमा गोठालो बसेर बाल्यकालको शिक्षा लिएका थिए। परिवारको दुःखका कारण ओलीका पिता मोहनप्रसाद २०२४ सालमा तेह्रथुमको घरजग्गा बेचेर झापाको दमक झरेका थिए।

उनका पिताले साढे ११ हजार रुपैयाँमा बेचेको घर २०७२ सालमा फिर्ता लिएको सांसद सुब्बा बताउँछन्। ओलीसँग प्रधानमन्त्रीको सचिवालयको टिम तेहथुम जानेछन्। त्यस्तै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र खानेपानी मन्त्री विना मगर पनि त्यहाँ पुग्नेछन्। ‘प्रधानमन्त्रीको जन्मघरमा जन्मदिनमा विशेष कार्यक्रम आयोजनादेखि अरु योजनाका कार्यक्रम पनि छन्, पाँचथरमा खानेपानी उदघाटन, प्रधानमन्त्रीको घर गाउ देखि पर ताप्लेजुङ जाने बाटो छ। सल्लेबाट ताप्लेजुङ ढुंगेसाँघु जोड्ने सडक शिलान्यासको पनि कार्यक्रम छ,’ सुब्बाले भने, ‘प्रधानमन्त्री आइतबार नै काठमाडौं फर्किनुहुन्छ।’

ओलीले जन्मदिनकै अवसर पारेर शनिबार बालुवाटारमा आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ को विमोचन गरेका छन्। पुस्तक सार्वजनिक शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले गरेका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x