×

NMB BANK
NIC ASIA

कार्यालय सहयोगीका पतिको भरमा प्रदेश लोक सेवा आयोग : न पदाधिकारी, न कर्मचारी !

फागुन १६, २०७६

NTC
Premier Steels

२ नम्बर प्रदेश लोक सेवा आयोगमा कर्मचारीदेखि पदाधिकारीले आफूखुशी तालिम तथा काजमा जाने हुँदा आयोग नै खाली तथा सुनसान हुने गरेको छ ।

Muktinath Bank

तालिमको नाममा आयोगका पदाधिकारीदेखि कर्मचारी सबै एकसाथ कार्यालय छोडेर जाने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन १५ गते बिहीवार आयोगको कार्यालयमा लोकान्तर प्रतिनिधि पुग्दा जम्माजम्मी २ जना कर्मचारी मात्र थिए । सहायक स्तर पाँचौं तहमा कार्यरत कम्प्युटर अपरेटर अमितकुमार यादव पनि अन्यत्र जाने तरखरमा थिए ।


Advertisment
Nabil box
Kumari

‘आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्णहरि पुस्करज्यूले भौतिक पूर्वाधार विकास मन्त्रालयमा बोलाउनु भएकाले उतै जान थालेको हुँ,’ यादवले भने, ‘आयोगमा एक जना कार्यालय सहयोगीलाई राखेर गइरहेको छु ।’

Vianet communication

हेटौंडामा लोक सेवा आयोगले ७ वटै प्रदेशको लोक सेवा आयोगका पदाधिकारी तथा कर्मचारीलाई तालिममा बोलाएका कारण पदाधिकारीदेखि कर्मचारीहरू कार्यालय सुनसान देखिएको उनले बताए । यति बोल्दाबोल्दै उनी कार्यालयलाई कार्यालय सहयोगीको जिम्मा लगाएर बाहिरिएका थिए ।

कार्यालय सहयोगीको रुपमा आयोगमा खटिएका राजेन्द्र मेस्तर कार्यालयका कर्मचारी होइनन् । उनी आफ्नी पत्नी फुलकुमारी मेस्तरको सट्टामा खटिएका थिए । ‘श्रीमतीको घरमा काम परेकाले मैले सट्टामा आएर काम गरेको हो,’ मेस्तरले भने, ‘कार्यालय सहयोगीलाई बिदा मिल्दैन भनेर भनेकाले सट्टामा आएर मैले श्रीमतीको जिम्मेवारीको काम गरेको हुँ ।’

प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव, सदस्यहरू महारुद्र झा र डा. सुजाता देवको कार्यकक्ष खुला नै रहेपनि उनीहरू कार्यालयमा उपस्थित थिएनन् । आयोगमा ११ जना कर्मचारी कार्यरत रहेपनि सुनसान थियो । दिउँसो २ बजे पूरै कार्यालय सुनसान थियो । 

आयोगमा सचिवको रुपमा कृष्णहरि पुस्कर नियुक्त भएपनि उनी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा समेत सचिवको रुपमा कार्यरत रहेका कारण उनी त्यति बस्ने गर्छन् भने आयोगमा आउने गरेका छैनन् ।

उपसचिव चिरन्जीवी गौतम, अधिकृत गंगेश गुन्जन झा, प्रशन्नराज कर्ण, रजनी कर्ण, प्रविनलाल कर्ण लगायतका कर्मचारी अनुपस्थित नै थिए ।

हाजिरी पुस्तिकाको अभिलेख केलाउँदा चिरन्जीवी गौतमले फागुन १३ गतेसम्म हाजिरी गरेको, गणेश गुन्जन झाले माघ २९ गतेसम्म हाजिरी गरेको, प्रशन्नराज कर्णले फागुन ११ गतेसम्म हाजिरी गरेको देखियो । प्रायःजसो कर्मचारीहरू तालिम भन्दै काठमाडौं र अन्यत्र काजमा जाने गरेको हाजिरी पुस्तिकामा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x