×

NMB BANK
NIC ASIA

आहा रारा गोल्डकप – झापा ११ टाइब्रेकरमा भाग्यमानी

फागुन २३, २०७६

NTC
Premier Steels

१८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबारदेखि पोखरा रंगशालामा सुरु प्रतियोगिताको दोस्रो दिन शुक्रबार नेपाल एपीएफ क्लबको चुनौती टाइब्रेकरमा ५–३ गोलअन्तरले पन्छाउँदै झापा–११ले नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लबसँग भेट सुनिश्चित गरेको छ । ती दुवैको खेल २५ फागुनमा हुनेछ ।

Muktinath Bank

अत्यन्तै प्रतिष्पर्धात्मक शुक्रबारको खेलमा झापा–११ र विभागीय एपीएफले गोलको प्रयास गरे पनि निर्धारित ९० मिनेटको समय खेर फालेका थिए । अतिरिक्त ३० मिनेटको खेलमा दुवैतर्फबाट १–१ को गोल निस्केपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अतिरिक्त समयमा झापा–११ ले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि त्यो धेरैबेर टिक्न सकेन । उसका लागि अभिषेक गुरुङको लामो क्रसमा सुनिल खड्काले विपक्षी पोष्टको जाली चुमाएका थिए । त्यस्तै, खेलको अन्तिम मिनेट १२० मा एपीएफले गोल गर्दै बराबरी खेले पनि टाइब्रेकरमा अभागी बन्यो ।


Advertisment
Nabil box
Kumari

एपीएफका लागि आफूले हानेको रिबाउण्ड बललाई सदुपयोग गर्दै आकाश बुढामगरले गोलमा परिणत गरेका थिए । त्यसो त, खेल सुरुवाती एपीएफले अग्रता लिने सुनौलो मौका गुमाएको थियो । खेलको आठौं मिनेटमा पाएको पेनाल्टी नवीन लामाले गोल गर्न सकेनन् । उनको प्रहार विपक्षी कीपर पञ्च गरी बचाए । गत वर्षको खेल छुटाएको झापा–११ यसपालि पहिलो खेलमै भाग्यमानी बन्दै विजयी यात्रा सुरु ग¥यो ।

Vianet communication

झापाका लागि हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सञ्जीत राईको पेनाल्टी सुटआउट गोलमा परिणत भएको हो ।

उता, एपीएफका सुदीप सिखांकरको प्रहार झापाका राजकुमार लिम्बुले उत्कृष्ट बचाउ गरे । एपीएफका नवीन लामा, राजीव लोप्चान र गोलकीपर राजु नगरकोटीले गोल गर्न सके ।

खेलमा झापा–११ का कीपर राजकुमार लिम्बु म्यान अफ दी म्याच घोषित भए । १० टिमको सहभागिता रहेको प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाइनलमा खेल सुरु हुनेछन् । शनिबार पहिलो क्वाटरफाइनलमा आयोजक सहारा क्लब पोखराले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x