×

NMB BANK
NIC ASIA

कोरोना भित्रन नदिन सचेतना

फागुन २५, २०७६

NTC
Premier Steels

कोरोना भाइरसको सङ्क्रमण हुन नदिने गरी देशभरी थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् । 

Muktinath Bank

राजनीतिक दलले यो अभियानलाई प्राथमिकतामा राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्ण बैठक र कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि कोरोना सङ्क्रमणबारे सचेत बन्ने विषयले छलफलको समय पाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाले आगामी चैत १ गतेदेखि थाल्ने भनेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानमा पनि कोरोना विरुद्धको सचेतना चलाउने बताइएको छ ।


Advertisment
Nabil box
Kumari

पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटाले यो अभियान जनभेटघाट मात्र नभई स्वास्थ्य शिक्षा दिने खालको पनि हुने बताए ।

Vianet communication

हरेक घरमा सरसफाइबारे चेतना दिने, स्वच्छ खानपान, बाहिरी सम्पर्कबाट बच्ने विषयको पर्चासमेत बनाएर घर–घरमा बाँड्ने तयारी गरिएको उनले बताए ।

कांग्रेस बैठकमा पनि कोरोना सङ्क्रमणबारे कार्यकर्ता र जनता तहमा अभियान चलाउनुपर्ने बहस चलेको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले बताए ।

पार्टीको पदाधिकारी चयन, विभाग गठनलगायतका लागि थापाकै अध्यक्षतामा कार्यदलसमेत बनेको उनले जानकारी दिए ।

उक्त कार्यदलले पार्टीको विवाद मिलाउनेदेखि आम जनतालाई स्वास्थ्य शिक्षामा साथ दिने कामसमेत गर्ने बताइएको छ । 

प्रशासनले भने सार्वजनिक कार्यक्रम तथा सभा सञ्चालन नगर्न र आम नागरिकलाई पनि भीडभाडमा नजान अपिल गरेको प्रजिअ गौलोचन सैंजुले बताए ।

उनले कारागारका बन्दीलाईसमेत स्वास्थ्यको ख्याल गर्न र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको जानकारी दिए ।

क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी भएकाले घटाउँदा स्वास्थ्य समस्या कम हुने सुझावसमेत आए पनि त्यो भने सम्भावना नहुने उनले बताए ।

सङ्क्रमणबाट बचाउने अभियानकै लागि अधिकांश विद्यालयले यही फागुन २८ गते देखिनै परीक्षा सञ्चालनको तयारी गरेका छन् ।

आगामी चैत ५ गतेभित्र परीक्षा सकेर एक महिना लामो बिदा दिने विद्यालयको तयारी छ । सरकारले पनि यो अभियानको थालनी गरेकाले सबै विद्यालयमा तयारी भएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x