×

NMB BANK
NIC ASIA

आलु उत्पादन बढ्यो

फागुन २६, २०७६

NTC
Premier Steels

यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ ।  उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् ।  खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर विगत तीन वर्षयता सो खेती गर्दै आएका छन् । 

Muktinath Bank

यो वर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेपछि व्यवसायमा हौसला मिलेको नदी किनार आयआर्जन महिला कृषक समूहका अध्यक्ष भगवती देवकोटाले बताइन् । समूहले यस वर्ष करिब नौ रोपनी जग्गामा आलु लगाएको हो । वडा कार्यालयको सहयोगमा लगाइएको पाँच क्विन्टल आलुबाट ४० क्विन्टल आलु उत्पादन भएको समूहका सचिव सीता देवकोटा जानकारी दिइन् । 'यसवर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेको छ, आलु बिक्रीबाटै समूहले रु एक लाख बराबरको आम्दानी गरेको छ', उनले भनिन् । खेतबाटै आलु बिक्री हुँदा अन्यत्र बेच्न जानुपर्ने झन्झट नभएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि शाखा कार्यालयबाट आलु लगाउने प्रविधिसम्बन्धी सेवा प्रदान गरेको थियो । कृषकले बेलाबेलामा  प्राविधिकसँग परामर्श लिने गरेकाले उत्पादन राम्रो भएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। 'कृषकले उत्पादन बढाउन प्राविधिकसँग सोधपुछ गर्ने, खेतबारीमा बाली अवलोकन गर्न बोलाउने र सामान्य समस्या परेमा प्राविधिकलाई खबर गरेका कारण पनि उत्पादनमा वृद्धि आएको छ', उनले भने।


Advertisment
Nabil box
Kumari

रामपुर नगरपालिका–६ को कार्यालयले यस वर्ष सोखेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा १५० रोपनी क्षेत्रफलमा करिब ६० क्विन्टल जनकदेव जातको आलुको बीउ अनुदानमा वितरण गरेको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । 'आलुखेतीबाट रामपुरलाई आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ६ लाई पकेट क्षेत्र निर्धारण गरी आलु उत्पादनलाई जोड दिएका हौँ', उनले भने। कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा शीतभण्डारण गर्ने व्यवस्था पनि वडा कार्यालयबाट मिलाइएको जनाएको छ ।

Vianet communication

तालपोखरा कृषक समूहले तीन क्विन्टल आलुबाट रु ६० हजारको आम्दानी गर्न सफल भएको समूहका अध्यक्ष मित्रा ढकाल बताउँछन् । 'समूहका छ महिला मिलेर आलु लगाएका हौँ, घरायसी प्रयोजनका लागि राखेर खर्च कटाएर रु ६० हजारको आलुबाट आम्दानी लिइयो, आलुखेतीमा आबद्ध छ जनाले रु १०÷१० हजार लिइयो', उनले भनिन्।

पाँच रोपनीमा साढे तीन क्विन्टल बीउ लगाएको कँडेलबारी कृषक समूहले करिब ३० क्विन्टल आलु बिक्री गरी रु ८० हजार बराबरको आम्दानी लिएको सदस्य हुमा देवकोटाले बताइन् । सामूहिक आलुखेतीले महिलालाई आयआर्जनतर्फ आकर्षित बनाएको छ । साढे दुई रोपनी क्षेत्रफलमा साढे एक क्विन्टल आलु लगाएको कालीआँप कृषक समूहले करिब २२ हजार बराबरको आलु बिक्री गर्न सफल भएको अध्यक्ष दुर्गा पौडेल बताइन् । यहाँ लगाइएको आलु प्रतिकिलो रु ३० देखि ३५ सम्ममा खेतबाटै धमाधम बिक्री भइरहेको छ । व्यापारी तथा ग्राहक खेतमै पुगेर आलु खरिद गर्न थालेपछि आलुखेतीमा कृषकको आकर्षण बढेको छ ।

बिक्रीका लागि बजार धाउन नपरेपछि अर्को वर्ष आलुखेतीलाई बढाउने महिला बताउँछन् । रामपुर नगरपालिकाका सबैजसो क्षेत्र आलुका लागि राम्रो छ । आलु बिक्रीका लागि बजार सहज, झट्ट नकुहिने, मूल्य राम्रै पाएपछि समूहमा कृषकले आलु लगाउन शुरू गरेका हुन् । रामपुर नगरपालिका क्षेत्रमा करिब दर्जन बढी समूहले सामूहिकरूपमा आलु लगाउँदै आएका छन् । नगरको एक वडा एक उत्पादन कार्यक्रमले बाहिरबाट रामपुर बजारमा भित्रने आलुलाई कम गर्न आलु उत्पादनमा जोड दिइएका छन् । सुशीला रेग्मी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x