पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
रुपन्देहीका विद्यार्थीहरुले स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाममा सहयोग पुग्ने गरी पाँच जना विद्यार्थीहरुले स्वचालित स्मार्ट स्यानिटाइजर डिस्पेन्सर बनाएका हुन् ।
पाँच जना विद्यार्थीहरुले लामो मेहेनेतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफलतापूर्वक निर्माण गरिएको समूहका दिनेश ओलीले बताए । खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्वजनिक स्थानमा सचेतना जगाउँदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाइ राख्ने समेत जनाएका छन् ।
यस मेसिनमा भरिएको स्यानिटाइजर प्रयोग भए पश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सूूचना जान्छ । अधिकृत व्यक्तिले स्यानिटाईजर पुनःभर्नुपर्दछ । हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्नेगरी बनाइएको छ ।
ओलीसँगै दिनेश बस्याल, विवेक पौडेल, बसन्त पौडेल, सुजन पौडेल, टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् ।
सडकमा आवतजावत गर्ने र भीडभाडमा कोरोना संक्रमणबाट फैलिन सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताए ।
कोेरिया नेपाल इन्स्टिच्युट अफ टेक्निोलोजीका बिद्यार्थीहरुको समूूहले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परिक्षण समेत गरिएको छ । यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताए ।
टेक जोन ट्रेर्डस बुटवलले साढे १ करोडको लगानीमा बुटवलमा रोवर्ट पार्टस्, ड्रोन पार्टस् तथा अन्य प्राजेक्टका लागि चाहिने सामग्री विक्री बितरण र आवश्यक अनुसन्धान समेत गरिरहेको डाइरेक्टर न्यौपानेले बताए । यसको मुल्य करिब ४०—५० हजारसम्म पर्नेछ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...