'लक–डाउन'को कहर : राजधानीबाट हिँडेरै सिन्धुपाल्चोक र रामेछापतिर... [फोटो/भिडियो]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

नेपालमा कोरोनाको दोस्रो संक्रमित भेटिएपछि सरकारले मंगलवारबाट देशभर लकडाउन गर्‍यो ।

मंगलवारबाट लकडाउन हुने घोषणा सोमवार साँझ मात्र भएको थियो । त्यसपछि आफ्नो साधन हुनेहरूले त राति नै राजधानी छाडे, साधन नहुनेहरू भने हिँडेरै भएपनि घर फर्किंदै गरेको भेटिएका छन् ।


Advertisement

सार्वजनिक यातायात नपाएर उपत्यका छाड्न नसकेका तर उपत्यकानजिकका जिल्लाका बासिन्दा भने पैदलयात्रा गरेरै भएपनि घर फर्किएका छन् ।

विषेश गरेर रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र धादिङ घर भई उपत्यकामा विभिन्न पेशा व्यवसाय गर्ने पैदल यात्रा गरेरै भएपनि उपत्यका छाड्न कस्सिएका हुन् ।


Advertisement

काभ्रे तामाघाटका कमल थापा पैदल यात्रा गरेर बनेपा आइपुगेका छन् । बिहान १० बजे काठमाडौंको बागबजारबाट हिँडेका उनी बनेपाबाट ५ घण्टामा तामाघाट पुग्ने आशा रहेको भेटिए ।

लकडाउन धेरै दिनसम्म चल्ने हुनाले उपत्यकामा खानबस्नको समस्या बेहोर्नुभन्दा आफ्नै गाउँ जान उत्तम लागेर घर फर्केको थापाले बताए ।

‘बिहान १० बजे हिँडेको हुँ काठमाडौंबाट, अब ५ घण्टामा घर पुग्छु होला,’ लोकान्तरसँगको कुराकानीमा थापाले भने ।

सिन्धुपाल्चोककी सविता तामाङ बिहान ९ बजे कोटेश्वरबाट हिँडेकी हुन् । बेलुका ८ बजेसम्म भएपनि पैदल यात्रा गरेरै घर पुग्ने उनी बताउँछिन् ।

श्रीमान् र २ छोराछारीसँगै हिँडेकी तामाङको परिवार काठमाडौंमा ज्यालामजदूरी गर्दथ्यो ।

लकडाउनले खान नै समस्या भएपछि हिँडेरै भएपनि घर जान लागेको उनले बताइन् ।

नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमित समेत भेटिएका छन् ।

तेस्रो संक्रमित भेटिएको पुष्टि सरकारले बुधवार गरेको थियो ।

हेर्नुहोस्, फोटो/भिडियो :

 

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्