भारतलाई लकडाउन मात्र नभई अन्य उपाय पनि अपनाउन विश्व स्वास्थ्य संगठनको सुझाव

कोरोनाभाइरस रोक्नका लागि भारतले मंगलवार मध्यरातदेखि २१ दिनका लागि राष्ट्रव्यापी बन्दाबन्दी (लकडाउन) को घोषणा गरेको छ । 

विश्व स्वास्थ्य संगठनले भारतको यस घोषणाको प्रशंसा गरेको छ । तर यससँगै भारतले अन्य निर्णय पनि लिनुपर्ने र बन्दाबन्दीले मात्र यो भाइरसको जोखिमलाई हटाउन नसकिने उसको भनाइ छ । 


Advertisement

विश्व स्वास्थ्य संगठनका अध्यक्ष डा टेड्रोस आधानोमले भने, ‘कोरोनालाई हराउने क्षमता भारतसँग छ र उसले लकडाउनको निर्णय लिएर राम्रो काम गरेको छ । जुन देशले सही समयमा कडा फैसला लिएनन् अनि सावधानी अपनाएनन्, त्यहाँ भाइरसको खराब असर देखिँदैछ । त्यसैले सही कदम उठाउने चुनौती सबैसामु छ ।’ 

विश्व स्वास्थ्य संगठनकै डा रेयानले लकडाउन राम्रो कदम भएको तर भारतले संक्रमितको सम्पर्कमा आएका मानिस पत्ता लगाउने काम पनि सँगसँगै गर्नुपर्ने बताए । रोगीको सम्पर्कमा आएका मानिसलाई पनि निगरानी गर्नुपर्ने अनि मात्र कोरोना रोक्न सकिने उनको भनाइ छ । भारतले पोलियो उन्मूलन गर्न सफल भए जस्तै कोरोनालाई पनि हराउन सक्ने उनले बताए । 


Advertisement

सिंगापुरको जस्तो व्यापक स्वास्थ्य परीक्षणको उपाय भारतले अपनाउनुपर्ने विज्ञहरूको राय छ । 

सामाजिक दूरीले नै कोरोनाभाइरसलाई परास्त गर्न सक्ने भएकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बन्दाबन्दीको निर्णय लिएको बताइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्