९६ वर्षीया वृद्धाले जितिन् कोरोनाभाइरसलाई

दक्षिण कोरियामा ९६ वर्षीया एक वृद्धा कोरोनाभाइरसबाट पूर्ण रूपमा निको भएकी छन् । 

ह्वाङ नाम गरेकी ती महिला बुधवार पूर्णतया निको भएको घोषणा चिओङ्दो काउन्टीले गरेको छ । 


Advertisement

चिओङ्दो काउन्टी दक्षिणतिरको शहर दाएगु नजिक छ । दाएगुमा कोरोनाका थुप्रै केसहरू देखिएका छन् । 

ह्वाङलाई मार्च १३ मा कोरोनाभाइरस लागेको थियो र उनलाई पोहाङ सार्वजनिक क्लिनिकमा सघन उपचार गरिएको थियो । 


Advertisement

अहिले उनी घरमै छोरासँग सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्