×

NMB BANK
NIC ASIA

कोरोना कहर : लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा

चैत १८, २०७६

NTC
Premier Steels

कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन् ।

Muktinath Bank

    दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलोसिस केन्द्रमा डायलासिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ । लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलोसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६ सिसाघाटका देवबहादुर गुरुङले गुनासो गरे । सामान्यावस्थामा रु ३० देखि ५० भाडा तिरेर दमौली आउने गरे पनि  अहिले एम्बुलेन्स भाडामा लिँदा रु एक हजारदेखि एक हजार पन्ध्रसम्म खर्च हुने गरेको उgको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    “सवारी साधन नचलेपछि महँगो भाडा तिरेरै भए पनि डायलोसिस गराउन जानैप¥यो,” उनले भन्नुभयो, “आफ्नै मोटरसाइकल पनि थियो तर लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो ।” उनले हप्तामा दुई पटक डायलोसिस गराइरहनुभएको छ ।


Advertisment
Nabil box
Kumari

    सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलोसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताउनुभयो । “प्रहरीको सहयोगमा ट्रकमा दमौलीसम्म आएर डायलोसिस गराइरहेको छु,” उनले गुनासो गर्नुभयो, “लकडाउनका कारण डायलोसिस गराउन समस्या परेको छ ।”

Vianet communication

    म्याग्दे गाउँपालिका–१ गुणादीका दिलशोभा रानाले आफन्तको मोटरसाइकल चढेर डायलोसिस गराउन आउने गरेको बताउनुभयो । “प्रहरीले रोकेको बेला डायलासिस गराउन आएको हुँ भनेर भनिरहेको छु”, उनले भने। 

    मिर्गौलापीडितले नियमित रुपमा डायलोसिस गराउनुपर्ने भएकाले लकडाउनको बेला पनि डायलोसिस गर्ने बिरामीको सङ्ख्या नघटेको डायलोसिस केन्द्रका इञ्चार्ज शैलेश पण्डितले जानकारी दिनुभयो । “लकडाउनले बिरामीलाई सास्ती त भएको छ तर नियमित डायलोसिस गराउनुपर्ने भएकाले जसोतसो आइरहनुभएको छ,” उनले भने।

विसं २०७२  मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलोसिस केन्द्र स्थापना भएको थियो । केन्द्रले चार वर्षका अवधिमा २४ हजार ९८६ पटक डायलोसिस सेवा प्रदान गरेको छ । पण्डितका अनुसार केन्द्रबाट हालसम्म २१०  मिर्गौलापीडितले डायलोसिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलोसिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२  छ । पण्डितका अनुसार हप्तामा दुई पटक डायलोसिस सेवा लिने मिर्गौला पीडित ६६ र हप्तामा तीन पटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६ जना  छन् । केन्द्रमा  डायलासिस गराउने नौ उपकरण छ । 

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलोसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधनका स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६  डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीन उपकरण थप गरिएछि केन्द्रमा हाल नौ डायलोसिस उपकरण छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x