×

NMB BANK
NIC ASIA

डा. बाबुराम भट्टराई सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल गठन

चैत २२, २०७६

NTC
फाइल फोटो
Premier Steels

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल (कोमविसाप) गठन गरिएको छ ।

Muktinath Bank

कोरोना भाइरसको महामारी विरुद्धको लडाइँलाई व्यवस्थित गर्नका लागि सरकारलाई सघाउने र जनस्तरमा जनचेतना फैलाउने उद्देश्यले कोमविसाप गठन गरिएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहलको केन्द्रीय संयोजन समितिमा डा. भट्टराईसँगै सांसद प्रदीप गिरी समेत सहभागी छन् । समितिमा अन्य विभिन्न क्षेत्रका बुद्धिजीवीलाई समावेश गरिएको छ ।


Advertisment
Nabil box
Kumari

कोमविसापका सञ्चार व्यक्ति विश्वदीप पाण्डेले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना महाव्याधीलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमीकमजोरी छन्, यद्यपि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधीले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो ।’

Vianet communication

विज्ञप्तिको पूर्णपाठ –

कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) प्रेस विज्ञप्ती

Public Initiative Against Corona Pandemic, Nepal (PIACPN) Press Release

कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा वौद्धिकहरु सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलको शुरुवात भएको छ ।

कोरोना महाव्याधीका कारण सिर्जित संकटले नेपाललाई पनि छोइसकेको छ । विश्वका अति विकसित देशलाई समेत यसका विविध प्रभावहरुको लेखाजोखा तथा त्यसको लागि आवश्यक पहल लिन हम्मे हम्मे परिरहेको अवस्थामा नेपाल जस्तो विकासशील मुलुकलाई यसको व्यवस्थापन गर्न मुस्किल पर्नु स्वभाविक नै हो ।

कोरोना महाव्याधीलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमिकमजोरी छन्, यद्यपि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधीले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो । सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पु¥याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पु¥याउने उद्देश्यका साथ यो पहलको शुरुवात गरिएको हो ।

यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरु रहनेछन् । अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिनेछ । हाललाई केन्द्रमा निम्न व्यक्तिहरु रहेको संयोजन समिति रहनेछ र त्यसमा विभिन्न सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवाहरुलाई सहभागी गराउँदै लगिनेछ ।

केन्द्रीय संयोजन समिति

डा. बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री, सांसद

प्रदीप गिरी
राजनीतिज्ञ, सांसद

डा. कल्याणराज शर्मा
अर्थशास्त्र, व्यवस्थापन

कृष्ण आचार्य
उद्यमी व्यवसायी

जनकराज जोशी
पूर्व सचिव, संविधानसभा सदस्य

डा. दोभान राई
सूचना प्रविधि विज्ञ

प्रदीप परियार
सामाजिक अभियन्ता

ब्रबिम कुमार
सामाजिक अभियन्ता

डा. रेशम थापा
अर्थशास्त्री, प्राध्यापक

लुना रन्जित
अधिकारकर्मी

डा. लोचन कार्की
चिकित्सक

डा. ल्हामो शेर्पा
जनस्वास्थ्य विज्ञ

विश्वदीप पाण्डे
संचार क्षेत्र

डा. सबिन निंगलेखु
शहरी शासन विज्ञ

डा. सुरेन्द्र यादव
चिकित्सक, सांसद

सुरेन्द्र शाह
सुरक्षा विज्ञ, पूर्व एआइजीपी

डा. स्वर्णिम वाग्ले
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

२०७६ चैत २२

मिडिया सम्पर्कका लागि
विश्वदीप पाण्डे
९८५११५५५६७
[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x