×

जनतालाई कोरोनाको डर : प्रदेश सरकारलाई पशुपतिनाथ र माता जानकीको भर !

चैत २४, २०७६

सौभाग्यवश हालसम्म २ नम्बर प्रदेशमा कुनै पनि व्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएको छैन ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भिडियो सन्देशमार्फत चैत २३ गतेसम्म १०३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको जनाए । त्यसमध्ये ४० जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने ६३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।


Advertisment

हालसम्म प्रदेशभित्र १४२ वटा क्वारेन्टाइनस्थलमा २ हजार ९१८ वटा व्यक्ति राख्ने क्षमता रहेकोमा ८६५ जना क्वारेन्टाइनमा छन् भने १ हजार ८० जना सेल्फ होम क्वारेन्टाइनमा रहेका घिमिरेले जानकारी दिए ।


Advertisment

प्रदेशमा ८७ वटा आइसोलेसन शय्याको क्षमता रहेकोमा हालसम्म २७ जना आइसोलेसनमा रहेर उपचार गराइरहेका समेत उनले बताए ।

प्रदेशमा पर्याप्त भेन्टिलेटर समेत छैनन् । स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले प्रदेशभित्रका सरकारी अस्पतालमा ७ वटा मात्र भेन्टिलेटर रहेका बताए । त्यसमा पनि भेन्टिलेटर चालू अवस्थामा छन् वा छैनन् भन्ने यकिन जानकारी समेत प्रदेश सरकारसँग छैन ।

कस्तो छ प्रदेशमा स्वास्थ्य संरचना ?

झाका अनुसार २ नम्बर प्रदेशभित्र १३ वटा सरकारी अस्पताल छन् । त्यसमध्ये ३ वटा अस्पतालमा मात्र कोरोना सम्बन्धी रोगको उपचारको व्यवस्था मिलाइएको छ । प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज गरी ३ वटा सरकारी अस्पतालमा मात्र कोरोना रोगको लागि उपचारको प्रबन्ध मिलाइएको झाले बताए ।

प्रदेशमा सरकारी अस्पतालमा ४ वटा शय्या भएको सघन उपचार कक्ष (आईसीयू) मात्र सञ्चालित छन् । सरकारी अस्पतालमा ७ वटा भेन्टिलेटर छन् । मेडिकल कलेजमा ३० शय्याको आईसीयू र २९ वटा भेन्टिलेटर, निजी स्वास्थ्य संस्थामा ५ शय्याको आईसीयू र ४ वटा भेन्टिलेटर रहेका छन् ।

गजेन्द्र नारयण सिंह अस्पताल राजविराजमा ४ वटा नयाँ भेन्टिलेटर केही महिनाअघि संघीय सरकारबाट प्रदान गरिएका थिए तर आईसीयू शय्या नभएका कारण भेन्टिलेटर सञ्चालनमा नआएको उनी स्वीकार गर्छन् । ‘आवश्यक परे निजी मेडिकल कलेज र निजी अस्पतालका सुविधा समेत उपयोग गर्न सक्ने गरी तयारी गरेका छौं,’ झाले लोकान्तरसँग भने, ‘नेसनल मेडिकल कलेज वीरगञ्जमा २७ वटा भेन्टिलेटर छन्, त्यो भेन्टिलेटर समेत उपयोग गर्ने तयारी अगाडि बढाएका छौं ।’

जानकी मेडिकल कलेज जनकपुरमा १० वटा भेन्टिलेटर रहेको सञ्चालकले भनेपनि पछि आएर ३ वटा मात्र सञ्चालनमा रहेको जानकारी पाइएपछि समस्या आएको उनले बताए । कलेजका २ वटा अस्पताल छन् । एउटा रमदैयास्थित कलेज र अर्को जनकपुरमा सिटी अस्पताल । मेडिकल कलेजको रमदैयास्थित अस्पतालमा ६० शय्या र जनकपुरस्थित सिटी अस्पतालमा ४० गरेर १०० शय्याको कोरोना समर्पित आइसोलेसन सेन्टर नै सञ्चालन गर्ने तयारी प्रदेश सरकारले अगाडि बढाएको छ तर व्यवहारमा कार्यान्वयन भएन ।

प्रदेश सरकारसँग पटक–पटक कुरा भएपनि कोरोनाको उपचार प्रादेशिक अस्पताल जनकपुर र बाँकी रोगको उपचार जनकपुरस्थित सिटी अस्पतालमा गर्ने सम्झौता भएको कलेज सञ्चालक ओम पाण्डे बताउँछन् । ‘यदि प्रादेशिक अस्पतालमा कोरोनाको बिरामीको संख्या बढ्यो र चाप धान्न नसक्ने भयो भने हाम्रो सिटी अस्पतालका बिरामीलाई रमदैया अस्पतालमा पठाउने र सिटी अस्पतालमा समेत कोरोनाको उपचार गर्ने गरी सम्झौता भएको छ,’ पाण्डेले भने ।

अस्पतालका व्यवस्थापक नरेश महासेठले प्रदेश सरकारसँग भएको सम्झौता अनुसार जनकपुरस्थित सिटी अस्पतालमा अन्य बिरामीको उपचार शुरू गरिसकिएको बताए । जनकपुरस्थित सिटी अस्पतालमा १० शय्याको आईसीयू, ८ शय्याको एनआईसीयू र ४ वटा भेन्टिलेटर समेत सञ्चालनमा छन् । कलेजको रमदैयास्थित अस्पतालमा बन्द रहेको ६ शय्याको आईसीयू समेत सञ्चालनमा ल्याइएको उनी बताउँछन् । ‘रमदैयामा ६ वटा भेन्टिलेटर थियो तर त्यसमध्ये २ वटा मात्र सञ्चालनमा छन् । बिग्रेको ४ वटा भेन्टिलेटर ठीक गर्न भारतबाट प्राविधिक समेत बोलाएका थियौं,’ महासेठले भने, ‘७० प्रतिशत जति मर्मत भइसकेको थियो तर लकडाउनका कारण उनीहरू भारत फर्किए ।’ हाल ओपीडी, प्रसूति सेवासहित अन्य बिरामीको उपचार भइरहेको उनले बताए ।

प्रदेशमा रहेका चिकित्सकको संख्या समेत अद्यावधिक गर्न सकिएको छैन । ‘प्रदेशभर सरकारी अस्पतालमा कति जना चिकित्सक छन्, निजीमा कति जना चिकित्सक छन् भन्ने कुराको यकिन अद्यावधिक तथ्यांक छैन,’ स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले भने, ‘त्यो अपडेट गर्ने काम बाँकी नै छ, तै पनि सरकारी अस्पतालमा करीब १ हजार जति चिकित्सक हुनुपर्ने हाम्रो अनुमान छ ।’

प्रत्येक पालिकामा ५ देखि ७ जनासम्म स्टाफ नर्स, सीएमए, हेल्थ असिस्टेन्ट र अहेबजस्ता स्वास्थ्यकर्मी कार्यरत भएकाले प्रदेशमा १२ सयदेखि १५ सयसम्म पारामेडिक्स कार्यरत हुनसक्ने उनले अनुमान गरे ।

कोरोनाका बिरामीलाई श्वासप्रश्वासको समस्या हुने भएकाले अक्सिजन दिनुपर्छ । झाका अनुसार नेसनल मेडिकल कलेज वीरगञ्जमा मात्र अक्सिजनको आफ्नै प्लान्ट छ । बाँकी सबै सरकारीदेखि निजी अस्पतालमा सिलिन्डरमार्फत नै अक्सिजन आपूर्ति हुने गरेको छ । प्रादेशिक अस्पताल जनकपुरको कोरोना रोग आइसोलेसन वार्डका फोकल पर्सन डा. कुलदिप पण्डितले लकडाउन भएपनि अक्सिजन आपूर्तिमा समस्या नरहेको बताए ।

पशुपतिनाथ र जानकी माताको भर !

प्रदेश सरकारले प्रदेशभर ५० वटा भेन्टिलेटर, कोरोना संक्रमणको परीक्षण गर्नका लागि २ वटा पीसीआर मशिन, ८ वटा एम्बुलेन्स र एउटा शव बाहन किन्ने भनेर मन्त्रिपरिषद्बाट केही दिनअघि निर्णय गरेको थियो तर त्यो निर्णय भने कागजमा मात्र सीमित छ । मन्त्रिपरिषद्बाट निर्णय भएपनि किन्न सक्ने अवस्था नरहेको सामाजिक विकास मन्त्री नबल किशोर साह सुडी नै स्वीकार गर्छन् ।

‘मन्त्रिपरिषद्बाट निर्णय हुनुअघि नै सबै सरकारी अस्पतालले २ देखि ३ वटा भेन्टिलेटर किन्नका लागि टेन्डर आह्वान गरेका थिए,’ मन्त्री सुडीले लोकान्तरसँग भने, ‘तर कसैले पनि टेन्डर नै भरेनन्, समयावधि समेत समाप्त भइसक्यो । आपूर्तिकर्ताले नै टेन्डर भरिरहेको छैनन्, सामान कसरी किन्ने ? जबसम्म आर्थिक नियमावली र खरिद ऐनमा संशोधन गरेर खुकुलो पारिँदैन, तबसम्म कुनै पनि उपकरण किन्न गाह्रो छ ।’ 

कोरोना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा जडान गरिएको मशिनमा दिनमा १० वटा नमूनाको मात्र परीक्षण हुने गर्छ । ‘त्यसैले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रहेको रियल टाइम मशिन नै किन्न चाहेका छौं,’ उनले थपे, ‘तर अहिले देश लकडाउन र अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका कारण त्यो मशिन पनि किन्न सक्ने अवस्था छैन ।’ मशिनमा १ दिनमा ३२० वटासम्म नमूना परीक्षण गर्न सकिन्छ ।

प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक गरेर एम्बुलेन्स र शव बाहन किन्ने निर्णय गरेपनि कार्यान्वयन गर्न वा खरिद गर्न अहिलेको परिस्थितिमा सम्भव नरहेको मन्त्री सुडी स्वीकार गर्छन् । एम्बुलेन्स वा शव बाहन किन्नका लागि संघ सरकार, अर्थ मन्त्रालयसँग सहमति लिएर मात्र खरिद प्रक्रिया अगाडि बढ्ने हुनाले सम्भव नरहेको उनले बताए । कोरोना संक्रमण रोकथाम भएपछि प्रदेश सरकारले किन्ने भनेका मशिनको अत्यावश्यकता समेत कम हुनसक्छ ।
‘अहिलेको विषम परिस्थितिमा सामाजिक दूरी र पूर्णरुपमा लकडाउनकै पालना गरे मात्र सहज हुन सक्छ,’ उनले भने, ‘हामी पनि त्यसै बसेका छैनौं, काम भने गरी नै रहेका छौं । भगवान् पशुपतिनाथ, माता जानकीले नै अहिलेको त्रासदीपूर्ण स्थितिबाट पार लगाउने कामना गरौं ।’

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x