×

NMB BANK
NIC ASIA

सहकारीले शुरु गर्‍यो सुपथ मूल्यको पसल

चैत २५, २०७६

NTC
Premier Steels

लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पुर्‍याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा सोमबारबाट सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन र तेलसहित गाईलाई खुवाउने चोकर र ब्राण्ड सुपथ मूल्यमा उपलब्ध गराइनेछ । सहकारीले सवारी साधन भाडामा लिई झापाको बिर्तामोडबाट यी सामग्री खरिद गरी पसल सञ्चालनमा ल्याएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सहकारीले फाल्गुनन्द गाउँपालिकामा व्यावसायिक पशुपालनमा सहयोग पुर्‍याउँदै आएको छ । फाल्गुनन्द–१ मा व्यावसायिक पशुपालन गर्ने ३२ कृषक परिवारले सहजरूपमा चोकर र ब्राण्ड उपलब्ध गराउने मुख्य उद्देश्यले उक्त पसल स्थापना गरिएको हो । 'वडामा रहेका हाम्रा ९२ जना शेयर सदस्यसहित अन्य कृषकलाई खाद्यान्नको समेत अभाव हुने भएकाले खाद्यान्न समेत बिक्री गर्न थालिएको हो', सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले भने।


Advertisment
Nabil box
Kumari

सहकारीले बिर्तामोडबाटै सामग्री खरिद गरी पसल निरन्तर सञ्चालन गर्ने भएको छ । सहकारीले आफ्ना कर्मचारीलाई पसलमा खटाएको छ । कोरोना भाइरसको माहामारी तथा लकडाउन अन्त्य भएपछि पनि सुपथ मूल्यको उक्त पसल निरन्तर सञ्चालन हुने अध्यक्ष नेम्वाङको भनाइ छ । 'आगामी दिन सहकारीका शेयर सदस्यहरुले उत्पादन गर्ने नगदेबाली तथा फलफूलसमेत सहकारीले खरिद गरी बिक्री वितरण गर्ने लक्ष्यका साथ यो पसल सञ्चालनमा ल्याएका हौँ', नेम्वाङले भने। उक्त पसलबाट अहिले फाल्गुनन्द गाउँपालिका वडा नं १ का स्थानीयवासीले मात्रै लाभ लिन सक्ने भए पनि आगामी दिनमा उक्त गाउँपालिकाका अन्य वडामा समेत विस्तार गरिने नेम्वाङले बताए ।

Vianet communication

उक्त सहकारी तथा मिलन केन्द्र नेपालले गुड नेवर्स इन्टरनेशनल नामक संस्थाको सहयोगमा यहाँ दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमले यहाँका कृषकलाई व्यावसायिक गाई तथा बङ्गुरपालनका लागि घुम्ती कोष परिचालन, पशुपालनसम्बन्धी प्राविधिक ज्ञान, पशुपालनमा आधारित व्यावसायिक परियोजना सञ्चालन तथा गुणस्तरीय दुग्धजन्य सामग्री उत्पादनमा सघाउ पुर्‍याउँदै आएको छ । कृषकले घुम्ती कोषको किस्ता रकम तिर्न नसक्ने भएका कारण लकडाउनमा समेत कृषकबाट उत्पादित दूध खरिद गरी सहकारीले दुग्धजन्य सामग्री उत्पादन गर्दै आएको संस्थाका सचिव राजेन्द्र आङ्देम्बेले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x