×

NMB BANK
NIC ASIA

कर्णालीमा राहतका नाममा मनलाग्दी : कतै गुणस्तरहीन सामान, कतै आफ्नालाई मात्र 'दान' !

चैत ३०, २०७६

NTC
Premier Steels

दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ ले कोरोनाभाइरस (कोभिड– १९) को त्रासका बीच चैत २९ गते कार्यालयमा वडावासीलाई भेला गर्‍यो ।

Muktinath Bank

उक्त भेला कुनै जनचेतनामूलक कार्यक्रमका लागि थिएन । २५ जनाभन्दा बढी नागरिकलाई भेला नगर्न/नगराउन संघीय सरकारले निर्णयलाई समेत चुनौती दिँदै सयौं नागरिकलाई भेला गरियो, त्यो पनि एउटा साबुन बाँड्न ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेलामा न कोरोना संक्रमण फैलिन नदिन सावधानी अपनाइएको थियो न सामाजिक दूरी कायम नै ।


Advertisment
Nabil box
Kumari

भारतबाट नागरिकहरू समेत आइसकेको उक्त वडामा लकडाउन पालना गरे/नगरेको अनुगमन गर्नुपर्ने वडाध्यक्षले नै यसको उल्लंघन गरे ।

Vianet communication

‘यो लकडाउनको समय हो । एउटा साबुन दिनलाई जनता भेला गर्न नहुने । घरदैलोमा गएर साबुन दिए भैहाल्थ्यो नि ! सोझा जनता ठग्नु त भएन । सानो सामान दिएर तमासा गर्नु राम्रो होइन,’ स्थानीय विनोद लम्सालले लोकान्तरसँग गुनासो गरे ।

वीरेन्द्रनगर वडा नं. ११ सुर्खेतले चैत २९ गते नै वडामा बसोबास गर्नेहरूका लािग राहत वितरण गर्‍यो । उक्त राहत वडामा ज्याला मजदूरी गर्ने नागरिकलाई दिने कार्यविधि अनुसार वडा कार्यालयले राहत बाँड्यो तर उक्त राहत लिन हुँदा खानेभन्दा हुनेखानेहरू नै लाइनमा देखिए ।

उनीहरूले नै राहत कुम्ल्याएको स्थानीय गणेशप्रसाद ओलीले बताए ।

दैलेखको आठबीस नगरपालिका वडा नं. ६ ले एक साता पहिले मात्रै फोहोरी मास्क वितरण गर्‍यो । मास्क फोहोर भएको, मास्क लगाउँदा थप रोग संक्रमण हुने भन्दै स्थानीयले व्यापक आलोचना गरे ।

सामाजिक सञ्जालमा अहिले पनि ती तस्वीरहरू भाइरल भइरहेका छन् । तर वडाध्यक्षका समर्थकहरू भने बचाउमा लागिरहेका छन् । ‘मास्क वितरण गरेपनि कम्तिमा नयाँ लुगाको मास्क वितरण गर्नुपर्ने थियो । वडाको ८० हजार बजेटमा निर्माण गरिएको भनिएको मास्क अहिले वडावासीले लगाउन छाडेका छन्,’ स्थानीय भरत आचार्यले भने ।

वीरेन्द्रनगर नगरपालिकाले एकद्वार नीतिबाट राहत बाँड्ने भनेपनि केही व्यक्तिले राहत बाँडिरहेका छन् । नगरपालिकाले न उनीहरूलाई रोक्न सकेको पाइएको छ त न त सबैलाई राहत बाँड्न नै । राजधानीकै नगरपालिकाको अवस्था द्वैध देखिएको छ ।

‘अन्य जिल्लामा रहेका स्थानीय तहमा प्रायः नागरिकहरूको आर्थिक अवस्था एकै किसिमको छ । वीरेन्द्रनगर र अन्य नगर वा गाउँपालिकामा बस्ने नागरिकहरूको अलग्गै आर्थिक हैसियत छ,’ आठबीस नगरपालिका ९ छेपाडीका लालबहादुर सिजापतिले भने, ‘गाउँमा केही व्यक्तिलाई मात्रै राहत बाँड्ने तयारी भएको मैले सुनेको छु । राहत बाँड्ने नै हो भने कार्यविधिअनुसार आवश्यक सबैलाई बाँड्नुपर्छ, नभए कोही कसैलाई मात्रै पहुँचका आधारमा राहत बाँड्न मिल्दैन । राहतको आवश्यकता भएका सबै नागरिकलाई राहत दिनैपर्छ ।’

कतै गुणस्तरहीन सामाग्री बाँडिएको, कतै हुँदा खानेहरूलाई दिइने भनिएको राहत हुनेखानेहरूलाई दिइएको गुनासो कर्णालीभरि व्याप्त छ ।

आफू निकटका कार्यकर्ता परिचालन गरी मास्क वितरण गर्ने, उनीहरूलाई आफ्नो दलले नै दिएको भन्दै भ्रम फिजाउनेहरू पनि सक्रिय भएको वीरेन्द्रनगर– ५ का भरत कार्कीले बताए ।

‘अहिले यो महामारीमा वितरण गरिने राहतलाई मत कमाउने वा सद्भाव बटुल्ने हतियारको रूपमा गाउँमा प्रचार गरिएको मैले पाएको छु,’ कार्कीले लोकान्तरसँग भने, ‘यस्तो बेलामा न कसैले अनुगमन गरेको छ, न त कसैलाई कारवाही हुने डर छ । मनलाग्दी व्यवहार प्रदर्शन भइरहेको छ । राज्य संयन्त्रमा क्रियाशील जनप्रतिनिधिहरूकै मनोमानी बढिरहेका बेला सुरक्षा तथा अन्य संयन्त्र मुकदर्शक भइरहेका छन् ।’

जिल्ला समन्वय समिति दैलेखका सदस्य ललितबहादुर माझीले हुनेखाने र हुँदा खानेबीच विभेद भएको बताए ।

‘अधिकांश स्थानमा राजनीतिक पूर्वाग्रहका आधारमा सामाग्री बाँडिएको खबर आएको साँचो हो । निकटतमलाई वितरण गरिएको, आस्थाको आधारमा वितरण भइरहेको पाइएको छ,’ उनले भने, ‘हामीलाई अनुगमन गर्न अधिकार छैन । हामी चार बुदाँमा सीमित भएका छौं । हामीलाई न पालिकाले चिन्छ, न संविधानले चिन्छ, मलाई लाग्छ हामी, प्राकृतिक रूपमा जन्मेनौं, कृतिमरूपमा जन्माइएको महसूस भएको छ ।’ 

आठबीस ४ बाट वडा सदस्य जितेका माझीले जिल्ला समन्वय समितिको सदस्य भन्दा वडा सदस्यको जिम्मेवारी र भूमिका महत्त्वपूर्ण भएको बताए ।

‘वडा समितिको निर्वाचित सदस्य नै ठिक थियो । वडाको विकासका लागि निगरानी गर्ने, जनताप्रति जवाफदेही बन्ने अवस्था हुन्थ्यो । अहिले आफ्ना कुरा प्रदेश र संघीय सरकारसँग माग गर्ने वा पालिकालाई सुझाव दिनेबाहेक अन्य काम नै छैन,’ उनले थपे ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री एवं विपद व्यवस्थापन कार्यकारी समिति संयोजक नरेश भण्डारीले यस्ता गुनासामा छानबिन गर्न र कारवाही गर्न जिल्लामा प्रमुख जिल्ला अधिकारी तथा प्रदेशमा आफ्नो समितिलाई अधिकार दिइएको बताए ।

‘मापदण्ड विपरीत जसले काम गरेपनि सरकार कारवाही गर्छ, यसमा ढुक्क हुँदा हुन्छ । अखाद्य वस्तु वितरण गर्ने, महामारीको बेलामा पक्षपातपूर्ण व्यवहार प्रर्दशन गर्ने जो कोही भएपनि कारवाही गर्छाैं,’ मन्त्री भण्डारीले प्रतिबद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x