×

NMB BANK
NIC ASIA

सेती अस्पतालका प्रयोगशालाकर्मीको पत्र - बिरामी र हाम्रो दूरी शून्य, हामी जोखिमको कुन पंक्तिमा ?

बैशाख ५, २०७७

NTC
Premier Steels

कोरोना भाइरस (कोभिड–१९) को उपचारको लागि सरकारद्वारा विशेष अस्पतालको रुपमा तोकिएको सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत प्रयोगशालाकर्मीहरुले मार्मिक पत्र लेख्दै आफ्नो पीडा बुझिदिन सरकारसमक्ष आग्रह गरेका छन् ।

Muktinath Bank

मुलुकमै सबैभन्दा बढी कोरोना संक्रमित बिरामी रहेको अस्पतालमा आफुहरुको पीडा कसैले नबुझेको र बुझ्ने प्रयत्न समेत नभएको भन्दै प्रयोगशालाकर्मीहरुले पत्रमार्फत पीडा पोखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो नाम उल्लेख नगरिकन उनीहरूले पत्रमा लेखेका छन् -


Advertisment
Nabil box
Kumari

नेपालमा देखिएका कोरोनाका बिरामीमध्येसबैभन्दाधेरैसेती प्रादेशिक अस्पतालमा उपचारत छन् । कोरोनाको यस लडाईमा सबैभन्दा कठिनकाम होकोरोना संक्रमितबिरामीको रगत नमूना तथा थ्रोट स्वाब संकलन गर्नु ।

Vianet communication

यससँगैसंक्रमितबिरामीको पहिचान गर्नु तथा संक्रमितबिरामीको उपचारमा पटक–पटक संक्रमितको अवस्थाको स्वास्थ्य स्थिति थाहा पाउन गरिने प्रयोगशाला जाँच्नको लागि नमूना संकलन गर्नुपनि उत्तिकै कठिन छ

कोरोनाको धेरै अनुसन्धान नभएको हालको अवस्थामा अनुसन्धानमा सहयोग पुर्‍याउनको लागि पनि प्रयोगशालाकर्मीले संक्रमितबिरामीहरुको एकै दिनमा पनि पटक–पटक नमूना संकलन गर्नु परेको अवस्था छ । यस अवस्थामा कोरोना उपचारमा संलग्न डाक्टर,नर्स जोखिमको अग्रपंक्तिमा छन् कि,हामी प्रयोगशालाकर्मी ?

बिरामीको पहिचानदेखि उपचारसम्मको प्रक्रियामा प्रयोगशालाकर्मीहरुले जाँच कार्य तथाबिरामीको नमूना संकलन कार्यमा जोखिमपूर्ण अवस्थामा छन् । संक्रमणको खतरा पनि बढी छ । नमूना संकलन गर्दाबिरामी र प्रयोगशालाकर्मीबीचको दूरीशून्यबराबर हुन्छ ।बिरामीको घाँटी र नाकबाट स्वाब लिने बेला संक्रमितबिरामीले खोक्ने,हाछ्यु गर्ने,कुनैबेला त उल्टी समेत गर्दछन् । जसकारण संक्रमणको खतरा हरसमय रहिरहन्छ ।

पलपल मानसिक तनाव र मानसिक युद्धका साथ आफूहरु कोरोना विरुद्धको लडाईमा लागेको प्रयोगशालाकर्मीहरुले पत्रमा स्पष्ट पारेका छन् । तर जोखिमको अग्रपंक्तिमा डाक्टर र नर्स भनेर मिडियाको प्रमुख समाचार बनेर आउँदा आफुहरु अपहेलित महसुस गर्दै आएको उनीहरूले बताएका छन् ।

पत्रमा थप भनिएको छ - प्रयोगशालाकर्मीलाई पीपीई किट प्रयोग गर्ने बेलादेखि मानसिक संक्रमणको डर रहिरहन्छ। मानसिक युद्धका समयमास्याम्पलकलेक्सनदेखि जाँचसम्ममा होमिएका हुन्छन् । यसरी दिनरात मानसिक युद्धका साथ कोरोनाको लडाईमा होमिएका प्रयोगशालाकर्मीको मनोल बढाउने काम कहीकतैबाट पनि भएकोपाइँदैन ।

उच्च जोखिम मोलेर काम गरिरहँदा पनि विभिन्न पत्रपत्रिकाको न्यूज हेर्दा कोरोना संक्रमणको जोखिमको अग्रपंक्तिमा डाक्टर,नर्स मात्रै हुन भन्ने समाचार आउँदा प्रयोगशालाकर्मीहरुको काम गरेर पनि आफुहरुले जस नपाएको हो कि ?जस्तो लाग्छ । डाक्टर,नर्ससँगैके साँच्चिकै प्रयोगशालाकर्मी कोरोना संक्रमणको जोखिमको अग्रपंक्तिमा छैनन् त ?’

कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार २२६ जना शंकास्पद व्यक्तिहरुको नमूना परीक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले बिहीवार जारी गरेको सूचना अनुसार हालसम्ममा ६ हजार ८७४ जनाको नमूना संकलन गरिएको मध्ये ६ हजार २२६ जनाको परीक्षण गरिएको हो । जुन परीक्षणबाट हालसम्म ५ जना बिरामीहरुमा कोरोना पोजिटिभ देखिएको हो ।

सुदूरपश्चिमको ९ वटै जिल्लाहरुमो आरटी पीसीआर र आरडीटी विधिबाट परीक्षण थालिएको छ । जसअनुसार आरटी पीसीआरबाट २ हजार ५४१ जनाको नमूना संकलन गरिएको छ, भने १ हजार ८९३ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । जुन परीक्षण रिपोर्टबाट ५ जना बाहेक सबैमा नेगेटिभ रिपोर्ट आएको छ ।

त्यस्तै हालसम्म ४ हजार ३३३ जनाको आरडीटी परीक्षणको लागि नमूना संकलन गरिएको छ । भने ४ हजार ३३३ जनाको परीक्षण गरिएको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x