कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
राजधानी तथा विभिन्न जिल्लाबाट उद्दार गरेर कर्णाली ल्याइएका नागरिकका बारेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नै बेखबर रहने गरेका छन् ।
विभिन्न दलका नेताले राजधानी तथा अन्य जिल्लामा काम गरिरहेका आफ्ना नागरिकलाई जिल्ला ल्याउने होडबाजी चलिरहेका बेला कालिकोटको तिलागुफा नगरपालिकाले रिर्जभ गरी ल्याएको बसका यात्रुले आइतबार वीरेन्द्रनगरको सुब्बाकुनामा होहल्ला गरेपछि मात्रै मुख्यमन्त्री बेखबर रहने गरेको रहस्य खुलेको हो ।
तिलागुफा नगरपालिकाले ना ५ ख ६३६१ नम्बरको बस रिर्जभ गराएर नागरिकहरुलाई ल्याएको थियो । उक्त बसमा ४३ जना कालिकोट र तीन जना जुम्लाका थिए । उक्त बस झापादेखि रिर्जव भएर ल्याइएको थियो ।
‘हामीले गाडीको पास माग गरेका थियौं । उहाँहरुले पास छैन भन्दै दादागिरी देखाउनु भयो । मदिरा सेवन गरेको अवस्थामा यात्रु भएको र उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लाको भएको बताउँदै हामीलाई तत्काल जान दिन दबाब दिइरहेका थिए,’ एक प्रहरीले लोकान्तरसँग भने, ‘हामीले यहाँको क्वारेन्टाइनमा बस्ने भए छोडन सकिने भनेका थियौं । तर यात्रुले जर्बजस्ती गरे । उनीहरुले पछि मुख्यमन्त्री लगायत अन्य नेतृत्वसँग कुराकानी गरेर छोडनैपर्ने वातावरण बनाए । माथिको आदेश आएपछि हामीले कसरी रोक्न मिल्थ्यो र ?’
यता उक्त गाडी आएको भन्ने कुरा सुब्बाकुनामा भएको विवाद पछि मात्रै मुख्यमन्त्री शाहीले थाहा पाए । ‘मलाई कसैले खबर नै गरेको थिएन । उनीहरु कहाँदेखि आउँदैछन, कति जना छन्, कसले कहाँदेखि उद्धार गरेको हो जानकारी नै भएन,’ मुख्यमन्त्री शाहीले लोकान्तरसँग भने, ‘पछि पालिकाबाट नै कल आएको हुँदा मैले कालिकोटमा नै क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता पछि छोडन भनेको हो ।’
वीरेन्द्रनगरमा रहेको क्वारेन्टाइनमा पर्याप्त स्थान नभएका कारण पनि स्थानीय तहमा पठाइएको र पालिकाको माग अनुसार पठाइएको मुख्यमन्त्री शाहीले दाबी गरे ।
अहिले काठमाडौं तथा देशका अन्य जिल्लाबाट कर्णाली आउने नागरिकको लर्को लागिरहेको छ । कर्णाली भित्रिने प्रमुख नाकाको रुपमा रहेको भेरीगंगा नगरपालिका वडा नं. ५ को बबईसम्म प्रदेश नम्बर पाँचबाट आएका गाडीहरु यात्रु ओसार्ने गरेका छन् भने वीरेन्द्रनगरदेखि गएका गाडीहरुले उनीहरुको उद्दार गर्ने गरेका छन् । तर लामो दूरीबाट आएका गाडीलाई भने सम्बन्धित स्थानसम्मै पठाउने गरिएको छ ।
बैशाख १० गतेदेखि १३ गतेसम्म बबई नाकाबाट सात हजार भन्दा बढि कर्णालीका नागरिक भित्रिसकेका छन् । बैशाख १० गते १२२३ जना कर्णाली आएकोमा ११ गते २१३१ जना आए । १२ गते २५३० जना कर्णाली प्रवेश गरेका थिए भने १३ गते साँझ चार बजेसम्म १३ सय भन्दा बढि नागरिक कर्णाली आइसकेका छन् ।
कर्णालीमा आउने नागरिकको संख्या धेरै भएपनि जाने नागरिकको संख्या भने नगन्य रहेको बाँसगढी नगरपालिका एक बबईमा रहेको अस्थायी ट्राफिक पोस्ट चेपांगका ट्राफिक जवान बीरबहादुर खड्काले बताए ।
‘कर्णाली प्रदेशतिर जानेहरु कम्तिमा १५ सय जनाको दैनिक संख्या हुँदा हाम्रो प्रदेशमा प्रवेश गर्नेहरुको संख्या नगन्य छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले बबई नाकामा अत्याधिक कडाई गरेका कारण हामीलाई यहाँ समस्या भइरहेको छ ।’
नागरिक आउने, बजार खोल्न भन्ने, खाना खुवाउनुपर्ने भन्ने, अन्य समस्या पोख्ने गरेको तर लकडाउनका कारण उनीहरुको माग पुरा गर्न समस्या भएको उनको भनाई थियो ।
‘हामीलाई पनि कोरोना संक्रमण हुने हो कि भन्ने डर छ । केहि मास्क र पन्जाहरु हामीलाई दिइएको छ । त्यसकै सहारामा हामी यहाँ खटिइरहेका छौं,’ उनले भने, ‘अहिले हामी १८ घण्टा खटिरहेका छौं ।’
यता, कर्णाली प्रदेश सरकारले भने लकडाउनलाई खुकुलो बनाउँदै जाने निर्णय गरेको छ । उक्त निर्णय खतरनाक हुनसक्ने भन्दै स्थानीय नागरिकले विरोध गरिरहेका बेला वीरेन्द्नगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पनि लकडाउनलाई खुकुलो बनाउनु हानिकारक हुनसक्ने सामाजिक सञ्जालमा लेखेका छन् ।
तर प्रदेश सरकारले भने कर्णालीमा हालसम्म कोरोना नदेखिएको, कोरोनाको जोखिम भइरहेतापनि दुरी कायम गर्दै थोरै व्यक्तिले गर्न सक्ने काम गर्न सहज बनाउने गरि लकडाउन खुकुलो बनाउने तयारी गरिरहेको छ ।
दैलेखका सीडीओले रोके १७ वटा बस,यात्रुको विवरण नल्याएसम्म प्रवेश गर्न नदिने
जिल्ला प्रशासन कार्यालय दैलेखले आफ्नो सिमानामा आएका बसहरुलाई रोकेको छ । आइतबार विहानदेखि गुराँस गाउँपालिकाको रातानांग्लामा १७ वटा बसहरु दैलेख प्रवेश गर्न नदिएर प्रशासनले रोकेको हो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेखमा जथाभावी जो कोहीलाई प्रवेश गर्न नदिइने बताए । ‘उहाँहरु कहाँबाट आउनु भएको हो । कता जाँदै हुनुहुन्छ ? कति जना हुनुहुन्छ, को को हुनुहुन्छ भन्ने पूर्ण विवरण नभएपछि मैले जिल्ला प्रवेशमा रोक लगाएको हुँ,’ उनले भने, ‘कोरोना संक्रमण दैलेखमा नहोस भन्ने उदेश्यका साथ कडाई गरेको हो । भोली कसैमा कोरोना संक्रमण देखिएका खण्डमा उनीहरुलाई ट्रेसिंग गर्न सजिलो भएका कारण रोकेका हौं । पूर्ण विवरण हामीले पाएको खण्डमा गाडी जान दिन्छौं ।’
उनले विवरण आएसँगै दैलेखको सिमानामा नबस्ने वा नझर्ने शर्तमा गाउँ जान दिइने बताए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...