×

NMB BANK
NIC ASIA

श्रीलंकामा ९५ सैनिकमा कोरोनाको सङ्क्रमण पुष्टि

बैशाख १५, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ।

Muktinath Bank

नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ। उक्त भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको पनि मन्त्रालयले बताएको छ।


Advertisment
Nabil box
Kumari

सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका बताइएको छ। नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा सङ्क्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ।

Vianet communication

सैनिक कमाण्डर शवेन्द्र सिल्भाका अनुसार सङ्क्रमित सबै नौसैनिक वेलिसरा नौसैनिक शिविरका रहेका छन्। सरकार र सेनाले उक्त शिविर र वरपरका क्षेत्रलाई देशका ‘आइसोलेटेड जोन’ घोषणा गरिएको छ। सङ्क्रमित सैनिक भएको शिविरमा प्रवेश र त्यहाँबाट बाहिर जानमा पूर्णतया प्रतिबन्ध लगाइएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्क अनुसार श्रीलङ्कामा आइतबारसम्ममा कोरोनाभाइरस सङ्क्रमित १२० जना निको भएर घर फर्किएका छन् भने करिब ४०० जनाले देशका विभिन्न अस्पतालमा सघन उपचार कक्ष तथा एकान्तमा रहेर सेवा लिइरहेका छन्।

रक्षा सचिव कमल गुणरत्नले आइतबार श्रीलङ्काका सैनिक अधिकारीहरूलाई विदामा बसेको भए तत्काल आफू कार्यरत शिविरमार्फत् सरकारलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। श्रीलङ्कामा गत शुक्रबारदेखि कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि लगाइएको कफ्र्यू आदेश मङ्गलबारसम्म लागु हुनेछ। कफ्र्यूका बिषयमा अवस्था हेरेर त्यसपछिको लागि निर्णय लिइने सरकारले जनाएको छ।

यहाँको सूचना विभागले कोभिड–१९ को सङ्क्रमण कम रहेका विभिन्न २१ जिल्लामा कफ्र्यू आदेशलाई मङ्गलबारदेखि खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई सुरू गर्ने जनाएको छ। तर कफ्र्यू आदेश कोलम्बो, गम्पाह, कलुतारा र पुट्टालममा भने मे ४ गतेसम्मका लागि लागू रहने सरकारले निर्णय गरिसकेको छ। श्रीलङ्काको राजधानी कोलम्बोमा अहिलेसम्म सबैभन्दा बढी सङ्क्रमित व्यक्ति भेटिएका छन् । -रासस/एएनआई

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x