कांग्रेसले सरकारलाई भन्यो-अर्थतन्त्रलाई उकास्न योजना र रणनीति बनाउ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति बनाउन सरकारसँग माग गरेको छ। 

कांग्रेसले मंगलबार पूर्वअर्थमन्त्रीसँगै अर्थशास्त्रीहरुसँग छलफल गरी कोरोनापछिको नेपालको अर्थतन्त्र उकास्न  समयमै योजना र रणनीति तय गर्न सुझाएको हो। छलफलपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमानको बारेमा हेक्का राख्न भनिएको छ। 


Advertisement

कांग्रेसले लकडाउनका कारण जनताले कष्टकर स्थिति भोगिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। उसले अनिवार्य राहत उपलब्ध गराउन जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले कदम चाल्न जरुरी रहेको औँल्याएको छ।

कांग्रेस कोरोना सृजित वर्तमान र भविष्यको संकट सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले अग्रसर रहने प्रतिवद्धता पनि जनाएको छ। 


Advertisement

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा  र उदयशम्शेर राणा थिए। त्यस्तै, अर्थशास्त्रीहरु डा पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णीम वाग्ले, डा. अच्युत वाग्ले, डा. पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा. विश्व पौडेल र राजु नेपालको सहभागिता थियो। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्