×

NMB BANK
NIC ASIA

कर्णालीमा झण्डै ३० हजार क्विन्टल चामल मौज्दात, डेढ महिना सजिलै धान्न सकिने

बैशाख २९, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशमा आगामी डेढ महिनाका लागि पुग्ने चामल सञ्चित रहेको खाद्य संस्थानले जानकारी दिएको छ ।

Muktinath Bank

नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाका अनुसार कर्णालीमा आगामी डेढ महिनासम्म लकडाउन जारी भएपनि चामल अभाव नहुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिरा मसिनो, स्टिम जिरा, सोना मन्सुली र जापानीज चामलको विक्री वितरण गरिरहेको संस्थानसँग अहिले सुर्खेतमा ७ हजार ४०५ क्विन्टल मौज्दात रहेको छ । कर्णालीका दश जिल्लामा हाल २९ हजार ५०५ क्वीन्टल चामल रहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

थापाका अनुसार सुर्खेतमामा ७ हजार चार सय पाँच क्विन्टल, हुम्लामा ६ हजार १६० क्विन्टल, मुगुमा तीन हजार सत्तरी क्विन्टल, डोल्पामा चार हजार ६२५ क्विन्टल, जुम्लामा १५ सय तीस क्विन्टल, दैलेखमा २६४ क्विन्टल, कालिकोटमा २ हजार ८०६ क्विन्टल, जाजरकोटमा तीन हजार ४६० क्विन्टल र रुकुम पश्चिममा १८५ क्विन्टल चामल मौज्दात रहेको छ ।

Vianet communication

सल्यानमा द्धन्द्धको बेलामा खाद्य डिपो सञ्चालन हुन बन्द भएपछि अहिलेसम्म सञ्चालन हुन सकेका छैनन् । त्यहाँकोलागि दांगले नै हेर्दै आइरहेको प्रमुख थापाको भनाइ छ ।

प्रदेश सरकार र स्थानीय तहले पनि राहत वितरण गर्ने भन्दै संस्थानबाट पाँच हजार तीन सय दुइ क्विन्टल चामल लगेको थापाको भनाइ थियो ।

‘प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले २० क्विन्टल ८५ केजी, सामाजिक विकास मन्त्रालयले १८ क्विन्टल तीस केजि, वीरेन्द्रनगर नगरपालिकाले तीन हजार ८ सय ३९ क्विन्टल १९ केजी, लेकबेशी नगरपालिकाले सात सय ४९ क्विन्टल २५ केजी, बराहताल गाउँपालिकाले पाँच सय ९क्विन्टल ९० केजी, चिंगाड गाउँपालिकाले १५ क्विन्टल र दैलेखको ठाटीँकाँध गाउँपालिकाले एक सय ५० क्विन्टल चामल खरिद गरेर लिएका छन् ।’

खाद्य संस्थानले अहिले हरेक चामलको दर रेटमा दश प्रतिशत छुट दिइरहेको छ । जसका कारण विक्री दर पनि बढेको उनको भनाइ छ ।

‘लकडाउनको सुरु सुरुमा त्यति धेरै विक्री भएको थिएन । प्रदेश सरकारले नाका बन्द गरेसँगै अहिले नागरिकको भीड लाग्ने गरेको छ । प्रति व्यक्ति ६० केजी सम्म हामीले चामल दिइरहेका छौं,’ उनले भने, ‘अहिले सरदर संस्थानबाटै एक सय २५ क्विन्टल जति चामल विक्री भइरहेको छ ।’

उनले चामल अभाव हुने अवस्था कर्णालीमा नआउने बताए । ‘अहिले पनि हामीसँग पर्याप्त चामल छ । दाल भने छैन । यदि अभाव भइहाल्यो भने पनि  विर्तामोड झापा र नेपालगञ्ज श्रोत केन्द्रबाट चामल मगाउँछौं,’ उनले भने, ‘यसका अलावा बर्दियामा अहिले धान कुटान सुरु भइसकेको छ । त्यहि चामल कर्णाली ल्याउने छौं । चामल अभाव हुन हामी दिने छैनौं ।’

संस्थान कार्यालय सुर्खेतमा चैत ११ गते अघि १७ हजार क्विन्टल चामल रहेकोमा कार्यालयले थप १० हजार क्विन्टल चामल खरिद गरेको थियो । यसका साथै कर्णालीका लागि २० हजार क्विन्टल चामल खरिद गर्न भन्दै संस्थानले टेण्डर आव्हान गरिसकेको प्रमुख थापाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x