माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
मुलुकभर महिलाको तुलनामा पुरुषहरु कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । हालसम्मको संक्रमितको संख्या हेर्दा पनि पुरुषको संख्या महिलाको तुलनामा उच्च छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार संक्रमितमध्ये ८१ प्रतिशत पुरुष छन् । बिहीबार बिहानसम्म पुष्टि भएका २ सय ५० संक्रमितमध्ये २ सय १ जना पुरुष र ४९ जना महिला छन् ।
हालसम्म संक्रमित पुरुषको न्यूनतम उमेर ३ वर्ष र अधिकतम ७२ वर्ष छ । संक्रमित महिलाको न्यूनतम उमेर २ महिना र अधिकतम ८१ वर्ष छ । पुरुष र महिला दुवै गरी सबैभन्दा बढी संक्रमित १५ देखि ४५ वर्ष उमेर समूहका रहेको डा. अधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे हालसम्मको तथ्यांक विश्लेषण गर्दा देशभर महिलाको दाँजोमा पुरुषमा कोरोनाको जोखिम बढी रहेको दाबी गर्छन् । पुरुषमा संक्रमण बढी देखिनुमा वैदेशिक रोजगारीका लागि भारतलगायत अन्य मुलुकमा महिलाको दाँजोमा पुरुषहरु बढी जानु प्रमुख कारण रहेको डा. पाण्डे बताउँछन् । उनका अनुसार नेपाल मात्र नभई विदेशमा समेत महिलाको दाँजोमा पुरुषमा संक्रमण दर बढी छ । कोभिड–१९ संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुमा समेत पुरुषको संख्या अधिक छ ।
विभिन्न अध्ययनहरुले महिलाको तुलनामा पुरुषमा संक्रमण तीव्र गतिले फैलिने समेत देखाएका छन् । पुरुषमा कोरोना संक्रमण र यसले उत्पन्न गर्ने जटिलता बढी देखिनुमा बानीव्यहोरा प्रमुख कारण रहेको विज्ञहरुले औंल्याएका छन् । हाल नेपालमा सुर्तीजन्य पदार्थ र मदिरा सेवन गर्ने पुरुषको संख्या महिलाको तुलनामा चार गुणाले बढी छ । जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी पुरुषलाई कोभिड–१९ को संक्रमण बढी हुनुमा धूमपान, मद्यपान, तमाखु सेवन र स्वतन्त्र जीवनशैली प्रमुख कारण रहेको मान्छन् । यस अलावा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, ‘एसीई–२’ नामक प्रोटिनको मात्रासमेत बढी हुँदा पुरुषमा सजिलै संक्रमण फैलनमा मद्दत पुग्ने उनको भनाइ छ ।
मानव शरीरको प्रत्येक कोषमा २३ जोडी क्रोमोजोम हुन्छ । पुरुष र महिलामा हुने २२ जोडी क्रोमोजोम एउटै हुने भए पनि बाँकी एक जोडी भने फरक–फरक हुन्छ । पुरुषको तुलनामा महिला आन्तरिक रूपमा बलियो हुने अध्ययनले देखाएको छ । ‘एक्स’ क्रोमोजोममा शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित धेरैजसो जिन समाहित हुन्छ । यसैले एउटाको सट्टा दुईवटा ‘एक्स’ क्रोमोजोम भएको व्यक्तिमा प्रतिरोध क्षमता अधिक हुन्छ । ‘महिलामा एक्स, एक्स र पुरुषमा एक्स, वाई क्रोमोजोम हुन्छन् । एक्स क्रोमोजोम रोग प्रतिरोधक क्षमतासँग सम्बन्धित रहेको पूर्ण प्रमाणित तथ्य हो,’ डा. बीसी भन्छन्, ‘एक्स क्रोमोजोम महिलामा दुईवटा हुनुले समेत उनीहरुलाई संक्रमण कम भएको हुन सक्छ ।’
डा. पाण्डेका अनुसार पुरुषमा भाइरसलाई आकर्षित गर्ने ‘एसीई–२’ नामक प्रोटिनको मात्रा धेरै हुन्छ । यसले पनि संक्रमण बढी भएको हुन सक्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएको उनको भनाइ छ । ‘पुरुषको फोक्सो, आन्द्रा, मुटु, अण्डकोषमा पाइने यो प्रोटिनको मात्रा अण्डकोषमा ज्यादा हुन्छ । जब कि यो तत्त्व महिलाको गर्भाशयमा धेरै कम मात्रामा पाइन्छ,’ डा. पाण्डेले भने, ‘कोरोना संक्रमण भएपछि उक्त प्रोटिनले भाइरसलाई आकर्षित गर्छ । भाइरस त्यही कोषिकामा टाँसिन्छ, जसले प्रोटिन छोड्छ ।’ सन् २००३ मा सार्स रोग फैलिँदासमेत यसैकारण पुरुषको बढी मृत्यु भएको उनी बताउँछन् ।
सामान्यत: महिलाहरु पुरुषको दाँजोमा स्वास्थ्यसँग सम्बन्धित कुरामा बढी सचेत हुने गरेको औंल्याउँदै डा. बीसी भन्छन्, ‘घरभित्र बस्दा वा बाहिर निस्केपछि महिलाहरु सुरक्षाका उपाय अपनाउन सचेत देखिन्छन्, यसले पनि संक्रमण फैलने दरमा फरक पार्छ ।’ पुरुषहरुले स्वभावत: जे त होला भन्दै स्वास्थ्य सतर्कतामा ध्यान नदिने गरेको समेत उनको भनाइ छ । विज्ञहरुले कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन स्वस्थकर जीवनशैली, खानपानका साथै मदिरा र सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेका छन् ।
एक दिनमै २३५६ पीसीआर परीक्षण
मुलुकभर बुधबार हालसम्मकै सबैभन्दा बढी २ हजार ३ सय ५६ नमुनाको पीसीआर परीक्षण गरिएको छ । ‘यो कोभिड–१९ संक्रमण देखिएयता एक दिनमा सबैभन्दा बढी गरिएको नमुनाको परीक्षण हो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कान्तिपुरसँग भने । हालसम्म देशभर पीसीआरबाट २१ हजार ३ सय ४० नमुनाको परीक्षण गरिएको छ । यस्तै, बुधबार द्रुत परीक्षण किट (आरडीटी) बाट ६९२ नमुनाको परीक्षण गरिएको छ । अहिलेसम्म ६० हजार ३ सय १९ नमुनाको आरडीटी परीक्षण भएको छ ।
बिहीबार बिहानसम्म संक्रमितको संख्या २ सय ४५ पुगेको छ । यसमध्ये ३५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल पहिलोपटक स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ । हाल मुलुकभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा छन् । काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर २ सय ३९ जना गरी कूल २ सय ४५ जना आइसोलेसनमा उपचाररत छन् । कान्तिपुर दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...